काभ्रेमा दर खाँदा साढे ३ सय विरामी ! परिकारमा बिसादी मिसावटको आशंंंका ?

birami_dar_1_mymPgTkFMz

भदौ २४, काभ्रे — दिदीबहिनीको  नेेपाली संस्कार तिजजको  दर खाँदा पाँचखाल १२, कास्कोटेमा ३५ जना विरामी परेका छन् । स्थानीय ग्रामीण स्वावलम्बन बहुउदेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीन विशेष कार्यक्रममा दर खाएकामध्ये करिव साढे ३ सय जना विरामी परेको डीएसपी दीपक गिरिले जानकारी दिए । 
कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेशसभा सदस्य गोमा भुर्तेल पनि विरामी भएकी छिन् ।

भुर्तेल उनका पति शिव र छोरी पवित्रासहित अन्य केही विरामीलाई शिर मेमोरियल अस्प्ताल बनेपामा भर्ना गरिएको छ । 

रीता पहरी र अमृता खरेलको सघन उपचार कक्ष आईसीयु मा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

अन्य दुई जनाको काठमाडौंस्थित निजामति अस्पतालको आइसीयुमा उपचार भईरहेको छ । श्रोतको अनुसार परिकारमा बिसक्त बस्तुको मिसावटका कारण यो घटना भएको बुझिएको छ जसबारे छानबिन हुदैछ ।

 

photo

NOC1-250x300