कम्युनिष्ट सरकारसँग न्याय माग्न जाँदा सिंहदरवारबाटै पक्राउ परे विद्यालय कर्मचारी

govinda paudel
काठमाडौं । न्याय माग्न शिक्षा मन्त्रालय पुगेका एकजना विद्यालय कर्मचारीलाई प्रहरीले मन्त्रालयबाटैे गिरफ्तार गरेको छ ।
जीवनभर विद्यालयमा सेवा गरेर ६० वर्षे उमेरहदका कारण अवकाशित नारायणी नमूना मावि चितवनका लेखापाल ७३ वर्षिय गोविन्द बहादुर पौडेल विहीवार मन्त्रालयबाटै गिरफ्तार भएका हुन् । पौडेललाई प्रहरी प्रभाग अनामनगरमा राखिएको छ ।
विहीवार मन्त्रालयका विद्यालय कर्मचारी प्रशासनका उपसचिव विदुरराज गिरीलाई दुव्र्यवहार गरेको आधारमा पौडेललाई प्रहरीले गिरफ्तार गरेको हो । स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र शिक्षा सचिव खगराज बरालले निर्देशनमा पौडेललाई पक्राउ गरिएको हो ।
स्थायी नियुक्ति पाएका पौडेल एक महिना देखि पेन्सन सुविधा माग गर्दै शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग धाइरहेका थिए । सर्वोच्च अदालतको आदेश र ताकेता, शिक्षा ऐनको आठौं संशोधनको व्यवस्था, मानव अधिकार आयोगको पत्रका आधारमा आफुलाई पेन्सन सुविधा दिनुपर्ने भन्दै उनी दिनहुँ मन्त्रालय धाउँदै आएका थिए ।

 

photo

NOC1-250x300