कमल थापा: निर्वाचनबाट जनताको मुहारमा उज्यालो छर्छौं

kamal-300x196

हेटौँडा, १८ कात्तिक । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई अनिवार्यरुपमा सफल तुल्याउन प्रमुख दलहरु नै सक्रिय हुनुपर्ने बताएका छन् ।

उनले राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा शनिबार हेटौँडामा आयोजित दुईदिने प्रशिक्षण प्रशिक्षक शिविरको उद्घाटन गर्दै मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन निर्वाचन नै प्रमुख माध्यम रहेको चर्चा गरे ।

उनले राष्ट्रमा राजनीतिक परिवर्तन भए पनि जनताले आर्थिक समृद्धि, मौलिक हकको प्रत्याभूति र आर्थिक आत्मनिर्भर महसुस गर्न नसकेकाले अहिले हुन लागेको निर्वाचनबाट जनताको मुहारमा उज्यालो छर्ने बताए ।

ads