ओली सरकार मुखले राम्रो, व्यवहारमा खत्तम रहेछ: पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

‘तपाई तस्करको नाइके बन्नुहुन्छ भने ३० हजार मान्छे मर्छन्’

 
सुशीला कार्की
 

 

म आजकल किंकर्तव्यविमूढ छु । के बोल्ने, के नबोल्ने ? मलाई अचम्म लागिरहेको छ । ‘रघुकुल रीत सदा चली आयो’ भन्ने हाम्रो भनाइ छ । हिजोको सरकार पनि त्यही, आजको सरकार पनि त्यही । जनताले भोट दिन्छन्, आश गर्छन्, फेरि त्यही छ ।

यो मुलुकमा पञ्चायती व्यवस्थामा पनि त्यही थियो । जस, जसको सरकार आयो, आखिर हुने यही रहेछ । भाषणमा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर ठूलठूला कुरा गरेको सुनिन्छ । तर, अन्ततः निचोडमा भन्ने हो भने सबैको स्वाभाव एउटै ।

भन्नलाई अलि अप्ठ्यारो लागेको छ, १५ हजार मान्छेको बलिदानपछि आएको व्यवस्था, ०६३ मा सडकमा लडेर ल्याएको व्यवस्थामा अब अहिले … । संविधानले भनेको छ, शान्तिपूर्वक भेला हुन पाइन्छ, आफ्नो विचार व्यक्त गर्न पाइन्छ । आफ्ना भनाइ राख्न पाइन्छ ।

सडकमा नबोले जंगलमा गएर बोल्नु ?

प्रतिपक्षमा बसेका बेला सडकका बार भत्काउने, निषेधाज्ञा पनि नचाहिने । आज सरकारमै हुनुहुनेहरुले ‘लौ ठाउँठाउँमा निषेधाज्ञा लगाउने भयो रे’ भनेको मैले सुनेकी छु । स्वतन्त्र न्यायपालिका पनि चाहिने, धरपडक गर्नासाथ छुटाउनुपर्ने । जब सत्तामा आयो, अदालत पनि परतन्त्र हुनुपर्ने, सबै निषेधाज्ञा हुनुपर्ने, बोल्न नपाइने । यो त ‘रघुकुल रीत सदा चली आयो’ नभनेर के भन्ने ?

सरकारमा आएपछि तपाई ब्यापारीलाई सहयोग गर्नुहुन्छ, त्यो पनि त्यस्ता शोषक सामन्ती व्यापारीलाई सहयोग गर्नुहुन्छ भने तपाई त सामन्ती हुनुहुँदोरहेछ । मुखले सैद्धान्तिक कुरा गर्ने, व्यवहारमा खतम हुनुहुँदोरहेछ ।

व्यक्तिमाथि अन्याय भयो, समाजमाथि अन्याय भयो भने मान्छेले बोल्छ । दुरदराज, जंगलमा गएर बोलेर त हुँदैन । सडकमै आएर बोल्नुपर्छ, उपयुक्त ठाउँ, जहाँबाट सुनिन्छ, त्यहीँ आएर बोल्नुपर्छ । यो सरकार गठन हुनुभन्दा पनि जतिबेला उहाँहरु सरकारमा हुनुहुन्नथ्यो, त्यही ठाउँमा उभिनुहुन्थ्यो । निस्किएर आएपछि पनि त्यही ठाउँमा उभिनुपर्छ ।

म के भन्न चाहन्छु भने कतिपय कुरा शास्वत हुन्छन्, कतिपय राष्ट्रलाई नभई नहुने कुरा हुन्छन् । के अब निषेध गरिएका ठाउँहरु कांग्रेसको हो ? जो प्रतिपक्षमा छ । उहाँहरु सत्तामा पुग्नुभयो, उहाँलाई चाहिएन । तर, हामी नागरिकले त्यही देखेर आएका छौं ।

हेर्नुस् भिडियो

पञ्चायतमा पनि ठाउँठाउँमा निषेधाज्ञा जारी गर्थ्यो, पुलिसले पक्रिन्थ्यो । मानवअधिकारको हनन भयो, बोल्न समेत दिइएन भनेर हामी नै जान्थ्यौं । पछि कांग्रेसको सरकारमा त्यही भयो, अब अहिले पनि त्यही भयो । ‘रघूकुल रीत सदा चली आयो’ नै भयो ।

के हो, यो देशको पानी नै यस्तो हो कि ? हावा नै यस्तो हो कि ? सत्तामा गएपछि सबै कुरालाई सहजरुपमा लिइँदैन । विरोध त गर्न पाइन्छ, तोडफोड पो गर्न पाइँदैन । डकैती गर्न, लुट्न पो हुँदैन त, विरोध त गर्न पाउनुपर्छ ।

यो देशको पानी नै यस्तो हो कि ? हावा नै यस्तो हो कि ? सत्तामा गएपछि सबै कुरालाई सहजरुपमा लिइँदैन । विरोध त गर्न पाइन्छ, तोडफोड पो गर्न पाइँदैन । डकैती गर्न, लुट्न पो हुँदैन त, विरोध त गर्न पाउनुपर्छ ।

डा. गोविन्द केसीले के नराम्रो गरे ?

मलाई अचम्म लाग्छ, डा. गोविन्द केसीले न आफ्ना सन्तानका लागि गरेका हुन्, न उनका परिवार छन् । १४ पटक अनसन बसे । उनले लडाइ गरेको कसका निम्ति ? गरिबका निम्ति, गरिबका छोराछोरीका निम्ति । उनीहरुको स्वास्थ्य उपचारका निम्ति । दुरदराजमा अस्पताल बनोस् भनेर हो । के यो नाजायज हो र ?

उनले १४/१४ पटक बसेको अनसनबाट आज जुन अध्यादेश आएको थियो, आज त्यसलाई सरकारले मेट्न चाहन्छ भने सरकार त शोषक सामन्तीको लाइनमा पुगेछ ।

गरिबले खान पाउनुपर्छ, लाउन पाउनुपर्छ, उपचार पाउनुपर्छ भन्नु पनि विद्रोह हुन्छ र ? त्यसलाई विद्रोह मानिन्छ ? सुन्दा पनि अचम्म लाग्छ ।
डा. केसीले त माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर पो भनेका छन् । मैले कहाँ पढे, बरु भारतमा लागू गर्दैछ । त्यहाँ खडा भयो, त्यहाँ वेपत्ता भयो ।

म यसलाई, उसलाई दोष लगाउँदिन तर, सरकारमा आएपछि तपाई ब्यापारीलाई सहयोग गर्नुहुन्छ, त्यो पनि त्यस्ता शोषक सामन्ती व्यापारीलाई सहयोग गर्नुहुन्छ । त्यस्ता व्यक्तिहरुको पृष्ठपोषण गर्नुहुन्छ र माथेमा प्रतिवेदनले खडा गरेको सम्पूर्ण कुरा खारेज गर्नुहुन्छ भने तपाई त सामन्ती हुनुहुँदोरहेछ । मुखले सैद्धान्तिक कुरा गर्ने, व्यवहारमा खतम हुनुहुँदोरहेछ ।

बरु पञ्चायतमा अस्ति बित्नु भएका डाक्टरसा’ब (उपेन्द्र देवकोटा)ले पढ्न पाउनुभयो । अहिले कुनै गरिवका छोरा पढ्न पाउँदैनन् । मैले मेडिकल पढ्न ईच्छा भएर पढ्न नपाएका, झुण्डिएर मर्न खोजेका केटाकेटीहरु भेटेकी छु ।

दुःख मान्ने कुरा छ, यो देशमा १५ हजार मान्छेले ज्यान गुमाएका छन् । त्यो त भयो भयो, आफ्नो ठाउँमा छ । अब अझ ३० हजारले ज्यान गुमाउनेवाला छ । यही गरिबी राख्नुहुन्छ, हुनेखानेलाई पोस्नु हुन्छ, यसरी नै हुनेखाने तस्करहरुको नाइके बन्नुहुन्छ र तिनलाई नै पक्षपोषण गर्नुहुन्छ भने अर्को ३० हजार मान्छे मर्छन् ।

सत्तामा हुनेहरुलाई बन्दुकले जोगाएको छ । सेनाले जोगाएको छ, प्रहरीले जोगाएको छ । तर, गरिब, शोषक समान्तीका नाममा एकछाक भात खान पाउने मारिएको हो भने आज खै त परिर्वतन ? जनताले के पाए ? केही भएन । काग कराउँदैछ, पिना सुक्दैछ भनेजस्तै भयो । मलाई लागेको थिएन यस्तो होला भन्ने ।

मैले एउटा केटालाई देखेँ, जानकी मेडिकलमा पढ्दो रहेछ । त्यहाँ पढाइ नै बन्द भयो । बाबुआमाले गरेको खर्च खेर गयो, त्यहाँ पढाइ राम्रो नभएकाले अरुले लिएनन् । यस्तो पनि व्यापार हुन्छ ? मैले मेरो छोरालाई डाक्टर पढाइनँ, किनभने सम्भव नै छैन । छाक काटेर, घरजग्गा बेचेर पढाउनुपर्छ । मैले मेरै परिवारमा देखेकी छु, एउटा सुटसम्म वर्षौं नहालेर पढाएका छन् । कहिले कमाउँछ, त्यो ५०/६० लाख ? यस्तो व्यापार हुन्छ ?

पढाउने बेलामा गास काटेर मेडिकल कलेजलाई पढाउनुपर्छ, अनि नोकरी २० हजारको पाउँदैन । अनि विदेश पलायन । यसरी राष्ट्रको उन्नति हुन्छ ? राष्ट्रको उन्नति गर्छु भन्ने नेताले गरिबका बारेमा सोच, नाटक गरेर हुँदैन । गरिबको घरमा, मुसहरको घरमा गएर पकाएको भात खाएर मात्रै हुँदैन ।

बरु पञ्चायतमा अस्ति बित्नु भएका डाक्टरसा’ब (उपेन्द्र देवकोटा) ले पढ्न पाउनुभयो । अहिले कुनै गरिवका छोरा पढ्न पाउँदैनन् । मैले मेडिकल पढ्न ईच्छा भएर पढ्न नपाएका, झुण्डिएर मर्न खोजेका केटाकेटीहरु भेटेकी छु । एउटा केटी त इजलासमै गई, म्याडम मेरो सबै पुगेको छ, तै पनि अपराधीहरुले पढ्न दिएनन् । अब झुण्डिएर मर्छु भनिन् । मैले फैसला गरेँ, दिनैपर्छ ।

यो मुलुकमा एकपटक तीन महिला थियौं । गंगामाया पनि ऐतिहासिक महिला हुन्, म त उनलाई न्यायकी देवी भन्छु । न्यायका लागि उनले लडेको लडाइँ सानो हो ?

गंगामायालाई सम्झँदा मध्यरातमा झस्किन्छु

मलाई अर्को कुराको पनि दुःख लागेको छ । हिजो कांग्रेस र एमाओवादीको सरकार थियो । गंगामाया त्यहीँ लडिरहेकी थिइन्, उनका आशु झरिरहेका थिए । श्रीमानको शव शिक्षण अस्पतालमा छ, एउटा छोरा मरेको हो कि बाँचेको छ, थाहा छैन, एउटा मारियो ।

आज कांग्रेसका नेताहरु गंगामायालाई भेट्न गएका छन् । सरकारमा भएका बेला जानुभएन । अहिलेको सरकार पनि गंगामायालाई भेट्न जाँदैन । भोलि निस्किएपछि मुद्दा बनाउँछ । सबैभन्दा दुःख लाग्ने यही हो ।

गंगामायाको नाम लिँदा पनि राति झस्कन्छु । मैले मिसिल पनि हेरेकी छु । एक दिन बहस पनि सुनेको छु । तपाई सम्झनुस् त, तिनै नेताका कुनै छोरो मर्दा ती रुँदैनन् ? आफ्ना छोरालाई युवराज बनाएर सडकमा उभ्याउँछन् । तिनका नाममा कार्यक्रम गर्छन् ।

तर, गोरखा फुजेलकी एउटा मामुली महिला, जसको १६/१७ वर्षको छोरा एसएलसी पास भएको मावली हजुरबालाई सुनाउन जाँदा मारियो । श्रीमान मारिए, आफू मर्ने अवस्थामा छिन्, छोरो वेपत्ता छ ।

एउटा परिवारलाई तपाई घाँटी ङ्याकी ङ्याकी मारिरहनु भएको छ । हामी सबैले मारेका हौं, किनभने हामी बोल्दैनौं । ६ वर्षदेखि एउटा महिला न्यायका लागि लडिरहेकी छिन् ।

हरेकलाई आफ्नो सन्तानको माया हुन्छ, उनी त्यही छोरोका लागि दम घुटीघुटी मरिरहेकी छन् । त्यो साहस सम्झनुस् त एक पटक ।

मेरो अनुरोध छ, अब त जाग्नुपर्छ । यो सरकार आउला, केके न गर्ला भन्ने थियो । रेल कुदाउने, पानी जहाज कुदाउने सबै कुरा पढ्न पाइन्छ । तर, आम जनताका खान पाउने, लगाउन पाउने कुराहरु …. । जनताको स्वास्थ्य शिक्षा हेर्नुपर्दैन ? हावा कुरा गरेर मात्र हुन्छ ?

यो मुलुकमा एकपटक तीन महिला थियौं । गंगामाया पनि ऐतिहासिक महिला हुन्, म त उनलाई न्यायकी देवी भन्छु । न्यायका लागि उनले लडेको लडाइँ सानो हो ? आफ्नो श्रीमान गुमाइसकिन्, छोरो गुमाइन् । के रहृयो उनको ? न घर न घाट । आफ्नो आङमा लगाएको लुगा र त्यो शरीरबाहेक दुनियाँमा केही छैन ।

कस्तो अन्याय हो यो ? कमसे कम उनीमाथि भएको अन्यायका लागि हामीलाई माफी देउ भन्न सक्दैनन् यी नेताहरुले ? उनीमाथि अन्याय नै भएको हो । आज यिनीहरुको दमले केही नलेखिएला तर, यो उनी मरिन् भने देशका लागि कलंक हुन्छ ।

भीमसेन थापाकी पत्नीलाई जसरी राणाकालमा जुन बेइज्यतीका साथ मर्न बाध्य बनाइयो, त्यस्तै घटना हो यो । त्यसैले बहुत दुःख लाग्छ । साँच्चै भन्ने हो भने आधा रातमा उनलाई सम्झेँ भने झस्कन्छु ।

त्यसैले, मेरो अनुरोध छ, अब त जाग्नुपर्छ । यो सरकार आउला, केके न गर्ला भन्ने थियो । रेल कुदाउने, पानी जहाज कुदाउने सबै कुरा पढ्न पाइन्छ । तर, आम जनताका खान पाउने, लगाउन पाउने कुराहरु …. । जनताको स्वास्थ्य शिक्षा हेर्नुपर्दैन ? हावा कुरा गरेर मात्र हुन्छ ?

(मंगलबार राजधानीमा पब्लिक डिफेन्स एलाइन्सले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशील कार्की गरेको सम्वोधन)

अन्लाईन खबरबाट साभार गरिएको 

 

photo

NOC1-250x300