ओली र दाहालले केन्द्रीय पार्टी कार्यालय अवलोकन गर्ने

 नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय अवलोकन गर्ने भएका छन् ।

अध्यक्षद्य ओली-दाहालले धुम्बाराहीमा रहेको तत्कालिन नेकपा एमालेको मुख्य कार्यालय र माओवादी केन्द्रको मुख्य कार्यालय रहेको पेरिसडाँडाको कार्यालय अवलोकन गर्न जान लागेका हुन् ।

प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार अवलोकनका लागि अध्यक्षद्व ओली-दाहाल साँझ ४ बजे धुम्बाराही र साढे ४ बजे पेरिसडाँडा जाँदैछन् । एकीकृत पार्टीको घोषणापछि नेकपाको मुख्य कार्यालय पेरिसडाँडामा रहने यसअघि नै निर्णय भइसकेको छ ।

 

photo

NOC1-250x300