एसईईको नतिजा कमजोर छैन : परीक्षा बोर्ड

exame_BMlJYuHzUt_YZ0WnkOHUYकाठमाडौं, ९ असार ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षाको नतिजा कमजोर नरहेको बताएको छ ।

आईतबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले यस्तो कुरा बताएका हुन् । उनले ग्रेडिङका कारण परीक्षाको नतिजा कमजोर देखिएको भनाई सत्य नभएको  समेत  स्पष्ट पारेका छन् ।

उनले पाठ्यक्रम अनुसार पठनपाठन नभएका कारण एसईईको नतिजा कमजोर देखिएको  बताए । पाठयक्रम अनुसार पठनपाठनमा सुधार ल्याएमा नतिजामा पनि सुधार अाउने उनको तर्क रहेको छ । बोर्डले शनिबार प्रकाशित एसईईको नतिजा अपेक्षा अनुसार नभएको भने स्वीकार गरेको छ ।

 

photo

NOC1-250x300