एयरपोर्टबाट फेरि अवैधरुपमा भित्र्याउन लागिएको सुन समातियो

काठमाडौं, १९ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्र्याउन लागिएको सुन समातिएको छ । विमानस्थलको पार्किङ एरियाबाट नवलपरासी सातपट्टी घर भएका ३० वर्षीय डोलराज न्यौपानेसमेत २ जनालाई करीब २ सय ९२ ग्राम सुनको बालासहित प्रहरीले पक्राउ गरेको हो ।

विदेशबाट आएका यात्रुहरुसँग निजहरुले ल्याएको सुन अबैधरुपमा संकलन गरिरहेको अवस्थामा ६ वटा बालामा रहेको उक्त सुनसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

photo

NOC1-250x300