एक सातापछि निधि डिस्चार्ज

निमोनियाका कारण ओम अस्पतालमा भर्ना भएका कांग्रेस नेता विमलेन्द्र निधि आज डिस्चार्ज भएका छन् ।  उनी मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । 

24099458_10154972636876056_961638169_n_UBnG7TuERf
पूर्ण रुपमा स्वस्थ्य भएपछि निधिलाई निस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।  डिस्चार्ज अघि हस्पिटल डाइरेक्टर डाक्टर जागेश्वर गौतम, प्रशासन प्रबन्धक विजय प्याकुरेल लगायतले निधिको स्वस्थ्यजीवनको कामना गरेका थिए । 

पेटरोग विशेषज्ञ डा. राहुल पाठक, छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले उनको उपचार गरेको थियो । 

ads