मस्को (एजेन्सी) – विश्वकप २०१८ को पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५-० ले हराएको छ । रुसको जितमा परिवर्तित खेलाडी डेनिस चेरिशेभले दुई गोल गरे ।
पहिलो हाफको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्ट्र रुसलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर डेनिस चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारे ।
त्यस्तै परिवर्तित खेलाडी आर्तेम जुबाले ७१ औं मिनेटमा गोल गर्दै रुसको जित सुनिश्चित गरेका थिए । खेलको अन्तिममा चेरिशेभले निकै आकर्षक गोल गर्दै स्कोर ४-० पारे भने फ्रिकिकमा अलेक्जान्डर गोलोभिनले गोल गर्दै साउदीलाई लज्जास्पद हार दिलाए ।
खेलभरी आयोजक निकै आक्रामक देखिए भने साउदीको अग्रपंक्ति निकै फितलो देखियो । तर खेलमा साउदी अरेबियाले नै ६० प्रतिशत पोजेसन राख्न सफल भएको थियो । समूह ‘ए’ को दोस्रो खेलमा भोलि ५.४५ मा इजिप्ट र उरुग्वे भिड्दै छन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको