ई–सिगरेट कति सुरक्षित ?

धुमपानबाट छुटकारा खोजिरहेका अम्मलीहरुलाई ई–सिगरेट अम्मल छुटाउन सहयोगी हुन सक्छ । ई–सिगरेट धूमपानभन्दा ९५ प्रतिशतसम्म कम हानिकारक मानिन्छ ।1358773910E_cigretपब्लिक हेल्थ ईंल्याण्ड (पीएचई) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार ई–सिगरेटका माध्यमबाट हरेक वर्ष झण्डै २० हजार मानिसहरुले धूमपानको लतबाट मुक्ति पाई रहेका छन् ।पीएचईले डाक्टरहरुले आफु कहाँ स्वास्थ्य जाँच गराउन आउने बिरामीलाई ई–सिगरेट प्रयोग गर्न सल्लाह दिनुपर्ने पनि सुझाव दिएको छ । उसले अस्पतालहरुमा ई–सिगरेट बेचबिखन गर्न पनि अनुमति दिइनुपर्नेमा जोड दिएको छ । 

यद्यपी विशेषज्ञहरु ई–सिगरेट स्वास्थ्यका लागि कति हानिकारक छ भन्ने बारेमा भने एक मत देखिँदैनन् । पीएचईको प्रतिवेदन समीक्षा गर्ने समीक्षकहरुले पनि ई–सिगरेटमाथि सवाल उठाएका छन् । प्रतिवेदनमा ई–सिगरेटले युवाहरुलाई धुमपानतर्फ आकर्षित गरिरहेको बारेमा कुनै प्रमाण फेला नपरेको पनि उल्लेख छ ।

ads