आधुनिक सिंगापुरका निर्माता “लि क्वान यु”

“लि क्वान यु”बाट नेपाली राजनीतिज्ञहरुले के सिक्ने ? । 

   । सिंगापुरले निरंकूश राजतन्त्रलाई बिदा गरेर बहुदलिय व्यवस्था ल्याएको २७ बर्ष बिति सकेको छ । संबैधानिक भनिएको राजतन्त्रको समेत समूल नष्ट गरि लोकतान्त्रीक गणतन्त्र स्थापना भएको पनि एक दशक बितिसकेको छ । यस बिचमा नेपाली कांग्रेस, एमाले र पञ्चहरुको त कुरै छाडौं । परिवर्तनको पर्यावाची बनेको अब्वल दर्जाको क्रान्तिकारी भनिएको पार्टी माओवादी केन्द्रका शिर्षस्थ नेताहहरु समेत संसारका बिकाशित मूलुकहरुमा कयौं पटक राज्यको ढुकुटी रित्तिने गरी भ्रमण गरि सकेका छन् ।

Prime Minister of Singapore, Lee Kuan Yew, 5th January 1969. (Photo by Michael Stroud/Daily Express/Hulton Archive/Getty Images)
Prime Minister of Singapore, Lee Kuan Yew, 5th January 1969. 

त्यस्ता बिकशित मूलुकका चिल्ला सडक, बिजुली सोलार सिष्टम, आधुनिक एयरपोर्टहरु, अत्याधुनिक आवाश र सुबिधा, त्यस्ता देशहरुले भ्रष्टचारमा गरेको शुन्य सहनशिलताको पराकाष्ट, अनुमान गर्न नसकिने सर्वाङ्गिण विकाश त देखेको हुनुपर्ने हो । २१ औं शताब्दीको मानवले अनुमान गर्न नसक्ने प्रविधिको बिकाश देखेर, फोटो खिचेर फेसबुकमा लोड गरेर फुर्ति लगाउन सक्ने सर्महिन नेतागणहरुको दिमागमा यति सोच्न सक्ने र गर्न सक्ने राज नेता को होला ?

यति धेरै सम्बृद्धि मुलुक बनाउन कसरी सम्भव भएको होला ? यो देशको पनि नेता हामी पनि नेता, यो देशको पनि सरकार हामी पनि सरकार । यो देशको पनि यति सभ्य कर्मचारीतन्त्र हाम्रो पनि कर्मचारीतन्त्र, हाम्रो नाकमा पनि स्वास आउने जाने गरि रहेको छ । यो देशको नेताहरुको नाकमा पनि त्यहि अक्सजिन आउने जाने गरि रहेको छ । तर धिक्कार छ हामी नेपाली नेताहरुलाई, धिक्कार छ मलाई नेपाल जस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण यस्तो स्वर्गीय मुलुकमा जन्मेर पनि त्यसै मर्ने भइयो । मेरो जीवन निरर्थक बित्ने भयो । बाचेर पनि मरेको जुनी भयो भन्ने आत्मग्लानी लाग्दैन होला ?

यसको मतलब नागरिकको दायित्व छदै छैन भन्ने कदापी होइन, तर हाम्रो देश यति सारै लज्जित हुनु पर्ने गरी भासिनुमा छातीमा हात राखेर भन्नु पर्छ तपाईं नेतागण र पटक पटक सत्तासिन पार्टीको जिम्मेवार व्यक्ति कै हात छ । दुनिया देखेर पनि नचेत्नु जस्तो दुर्भाग्य के हुन सक्छ । एक प्रसङमा परम गुरु ओशो भन्नुहुन्छ “समझदार मान्छे अरुको देखेर चेत्दछ तर असमझदार मूर्ख आफैलाई पर्दा समेत चेत्दैन ।” आफैलाई पर्दा समेत देश टाट पल्टेर नागरिक भोक भोकै परेर सडकको बास पर्दा समेत नचेत्ने सरकार र नेतागण देख्दा नागरिकको शिर त्यसै त्यसै झुक्न पुगेको छ ।

आजको २५,३० वर्ष अगाडी पस्चिमका केहि मुलुकहरुलाई छोडेर हाम्रो देश नेपाल आत्मनिर्भर अर्थतन्त्रको हिसाबले धेरै अगाडि थियो । पार्क चुँग हि को कारण आजको कोरिया,देङ सि याओ पिंगको कारण आजको चिन, लि क्वान युको कारण आजको सिंगापुर,माहाथिर मोहम्मदको काराण आजको मलेसिया तथा थाइल्याण्ड लगायतको मुलुक आज काहाबाट काहा पुगे । बितेको ३ दशकमा ति देशले गरेको प्रगतिको तुलना गर्दा हामी कहाली लाग्दो गरी ओरालो झरेका छौं । त्यतिबेला हामी कति अगाडी थियौ, वा यस अवधिमा ति देशले यस्तो चमत्कारी हिसाबले विकास गरेर अगाडि बढे भन्दा हामी आफैलाई पत्याउन कठिन हुन्छ, तर सत्य भने त्यही हो । यसरी छोटो अवधिमा अनुमान लगाउन नसकिने गरी विकाश गरेको संसारको सुनको देश, स्वर्गको टुक्रा मध्येको एक हो सिंगापुर । सिंगापुर सङग नलोभिने आज संसारमा विरलै व्यक्ति होलान् ।

आज भन्दा २५,३० वर्ष अगाडि सिंगापुरको अवस्था हाम्रो भन्दा दयनीय अवस्थामा गुज्रिेको थियो । एउटा व्यक्तिको अदम्य साहसले आजको त्यो सिंगापुर बन्न सफल भयो । उनी कोही नभएर तपाईं हाम्रो सबैको जन जिब्रोमा झुण्डिएको आधुनिक सिंगापुरका निर्माता, सिंगापुरका पिता हुन ‘लि क्वान यु’ ।
लि क्वान यु र उनले सिंगापुरमा गरेको प्रयास त्याग र विकासको वर्णन यो छोटो लेखमा समेट्न कदापी सम्भव छैन । तर उनी को थिए, उनले गरेको कामबाट हाम्रा नेताहरुले के प्रेरणा लिने यो लेखबाट पक्का पनि थोरै भए पनि घैंटामा घाम भने लाग्ने आशा गर्न सकिन्छ ।lee-kuan-yew-father-840x340को हुन् लि क्वान यु ?
सिंगापुरको कोपा जाभा रोडमा १६ सेप्टेम्बर १९२३ मा लि क्वान यू को जन्म भएको हो । उनको आमाको नाम चाव जिम निपो हो भने बुबा लि चिन कून हुन् । लि क्वान यु को नाम भने उनको हजुर बुबा लिन चिन कूनले राखि दिएका थिए । हजुर बुबा अंग्रेजी मिसन स्कुलमा पढेकाले अंग्रेजी मन पराउने खालको हुनु हुन्थ्यो । क्वान यु को अर्थ चिनिया मण्डारिन भाषामा उज्यालो र चम्किलो भन्ने हुन्छ । लि क्वान युलाई पनि अंग्रेजी खुब मन पथ्र्याै । त्यसैले उनको परिवारले लि क्वान यु को नामको अगाडि ह्यारी थपि दिएका थिए । उनको पुरा नाम त ह्यारी लि क्वान यु हो । उनको दुई जना भाइ छन् । जसको नाम किम यु र थियाम यु हो । उनीहरुको हजुरबुबाले राखि दिएको अंग्रेजी नाम डेनिस र फ्रेडी लि थियो । लि क्वान यू का २ बहिनीहरु छन् लि सुवान यु र मोनिका लि ।

उनको जन्म गरिव परिवारमा भएको नभए पनि जीवनको प्रारम्भ बडो दुःखमा बित्यो । समय त्यस्तै थियो धनीहरुसग पनि आफूले लगाउने लुगा, खेलाउने खेलौंनाहरु हुदैनथ्यो । टि.भी. त छंदै थिएन । यस्तो भूलाउने कुराहरु र उपभोग्य सामान ज्यादा नभएकोले पनि उनमा पढ्ने आदात बस्यो । उनी कल्पनासिल बन्दै गए । आमा र बुबाको झगडामा जहिले पनि उनले निर्णय गर्थे । बुबा घरको सुन लुछी लुछी जुवा खेल्ने आमा दिदै नदिने हुदा झगडा सधैं पथ्र्याे । त्यतिबेला आमाले सानो सानो कुरामा निर्णय लिन लि लाई उक्साउथिन् । यस्तै घरका स–साना घटनाले लि लाई निर्णय कसरी लिने भन्ने सिकायो ।

लि को शिक्षा 
लिलाई ६ वर्ष पुग्ना साथ उनको मावली हजुर आमाले माझीको सन्तान पढ्ने गरिब र झुप्रो स्कुलमा भर्ना गरि दिइन् । उनको कच कच सहन नसकेर उनको हजुर आमाले १ कि.मि. टाढाको गु–आन स्कुलमा भर्ना गरिदिइन त्यहा चाइनिज भाषामा पढाइ हुन्थ्यो । उनलाई चाइनिज भाषामा रुची थिएन तसर्थ १९३० को जनवरीमा उनी टेलोक कूयउ अंग्रेजी विद्यालयमा भर्ना भए । पाच कक्षामा राम्रो अंक ल्याएकोले १९३६ मा सिंगापुरकै राम्रो विद्यालय राफल्स इन्स्टिच्यूटमा भर्ना हुने अवसर मिल्यो । १९४० को सिनियर क्याम्ब्रीजमा सिंगापुरको मात्र होइन होल मल्यको सर्वाेत्कृष्ट हुन सफल भए । पढाइमा उत्कृष्ट भएकै कारण पुरस्कार समेत धेरै पटक जित्न सफल भएका थिए । आफु बदमास भएकोले बुबाले कान निमोठ्ने गरेको र कान निमोठाइको झट्काले न्यूरो पेप्टाइड्स खुल्ने र एक पटक सुनेको कुरा लामो समय सम्म स्मरण रहने हुदा आफू तिक्षण हुनुमा बुबाको कारण हो समेत भन्छन् लि । सिंगापुरको आर्थिक संकट सर्वत्र छाएकोले वकिल पेशा अंगाले कहिल्यै आर्थिक मन्दिको मारमा पर्न नपर्ने सोचेर लि वकिल पढ्ने सुरमा लागे ।

१९४० को सिनियर क्याम्प्रीजमा सर्वाेत्कृष्ट भए पछि उनले एण्डरसन स्कलरसिप पाए । कानुन पढ्न ३ विषय छान्नु पर्ने गणित विषयमा राम्रो भए पनि अंग्रेजी र अर्थशास्त्रमा कमजोर भएकोले उनकै कलेजकी केटी ‘क्वा गोएक चु’ ले जितेर उनी दोस्रा हुन पुगे । तिनै उनलाई पथम हुनबाट पछाडी पार्ने केटी चु स“ग पछि उनले विवाह गर्न पुगे । दोस्रो हुन परेकोमा लि साह्रै दुःखी समेत भए । तै पनि रापफल कलेज धनीमानी पढ्ने चर्चित कलेज थियो ।

बेलायत पढ्न जानु अगावै चु सग चुइगम उद्योगमा सगै काम गर्दा लि को प्रेम सम्बन्ध गासिन पुग्यो । बा–आमासग लुकेर १९४६ मा चु सग लि ले गोप्य प्रेम प्रस्ताव समेत गरे । आफ्नो जन्म दिन १६ सेप्टेम्बर १९४६ को दिन २३ वर्षको उमेरमा आफ्ना प्यारा बा आमा र प्यारी गर्लफ्रेन्ड चु लाई छोडेर उनी वकिल पढ्न बेलायत तिर लागे । विस्तारै चु ले पछि लण्डनको लागि छात्रवृत्ति पाइन । चु र लि बेलायतमा एउटै विषयमा उच्च शिक्षा हासिल गरे । १९४८ को सेप्टेम्बरमा लि र चु दुवै जना फ्रान्स र स्वीजरल्याण्ड घुम्न पुगे । त्यसैबेला घरमा थाहा नदिई गोप्य विवाह गरे । १९४९ मा लि र चु दुवैले कानुनको अन्तिम परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउन सफल भए । त्यस पछि स्नातकको लागि लण्डनकै मिडल टेम्पल कलेजमा भर्ना भए । १९५० को अगस्टमा आफ्नो पढाई पूरा गरी बेलायतमा भूमिगत रुपमा सिंगापुरको स्वतन्त्रताको राजनैतिक सम्पर्क स्थापित गरी लि र चु सिंगापुर फर्किए ।

राजनीतिको सुरुवात
लि लण्डनमा छदै राजनीतिमा जोडिइ सकेका थिए । जब उनी सिंगापुर फर्के पछि उनकी श्रीमती चु सग १९५० को सेप्टेम्बर ३० मा कानुनी रुपमा दोस्रो पटक विवाह गरे । विवाह पछि चु र लि मिलेर ल फर्म शुरु गरे । त्यही ल फर्मको माध्यमबाट पैसा नहुनेको लागि निःशुल्क मुद्दा लड्दिन शुरुवात गरे । ट्रेड युनियनहरुको पक्षमा मुद्दा लडेर सरकारलाई घुडा टेकाउदै गए पछि लि चर्चामा आउन थाले । उनलाई लाग्यो अदालतबाट मात्र होइन पत्रिकाको माध्यमबाट पनि सरकारलाई घुडा टेकाउनु पर्दछ । त्यतिबेला जनताको धारणा सिंगापुर स्ट्यान्डर्ड पत्रिकाले बोल्थ्यो । त्यसको पक्षमा लागेर सरकारलाई घुडा टेकाई छाडे ।

यो मुद्दा जिते पछि लि को ख्याती चुलियो । देशका अन्य ट्रेड युनियनहरुले समेत उनलाई सल्लाहकारको रुपमा नियुक्ति गर्न थाले । चिनिया भाषा पनि उनले विस्तारै सिके भाषा सिक्दै जादा राजनीति गर्न खुब सहज हुन थाल्यो । १९५२ को डिसेम्बर २५ मा पानी जहाजमा काम गर्ने १० हजार भारतीय कामदारको संघले गरेको हड्तालको पक्षमा पनि लि ले लड्ने विचार गरे । जब यसको पक्षमा लडे त्यस पछि त सिंगापुरमै जनपक्षिय वकिलको रुपमा स्थापित भइ छाडे । उत्सव भेलायू पत्रिकाको सम्पादक युसुफ इसाकलाई समेत लि को सहयोगको कारण १९५३ मा जलेमुक्त गर्न सरकार वाध्य भयो ।

१९५४ मा फजर पत्रिकालाई उक्साएको भन्ने केसमा पक्राउ परेका ८ जना विद्यार्थीलाई लि ले सरकार सग लडेर जिताए । जब उनीहरु जेल मुक्त भए । लि एउटा कुशल संगठकको रुपमा कहलिन पुगे । यसरी विद्यार्थी, मजदुर तथा पत्रिका जो सरकारको कोप भजनमा परेको थियो लि ले सबैको पक्षमा निडर भई लडेर सफलता पाए र सिंगापुरमा स्थापित सम्म हुन पुगे ।

सिंगापुरका अधिकांश आपराधिक मुद्दामा चासो राख्ने र जित्ने डेभिड मार्सलले लि सग लोभिएर १९५४ मा लि लाई सिंगापुरमा नया पार्टी खोल्न अनुरोध गरे । डेभिड मार्सल त्यति विश्वासिला पात्र नभएकोले १९५४ को नोभेम्बर २१ को दिन आफ्ना मत मिल्ने साथिहरु लिम चिन सियो, फोङ स्वि सुआनलाई साथमा लिएर पिपुल्स एक्सन पार्टी (पिएपी) घोषणा गरे । पार्टीको पहिलो वैठकमा टान वि केङ देवान नायर, एस सोका लिङ्गम, लि क्वान यू, ओ इङ गुआन, फोङ स्वी सुआन, लि जेक सेङ, मोफ्रदी विन, हाजी मोहमद नुर, तोह चिन चाइ, इस्माइल रहिम र चान चिउ थोर उपस्थित भए र पार्टीको केन्द्रिय समिति गठन गरे ।

१९५५ को अप्रिल २ मा हुने चुनावको पार्टीले भाग लिने घोषणा गर्यो । तत्कालको लागि ५ सिटमा उम्मेदवारी दियो । चिनिया भाषा नजारेको भन्दै विरोधीले उछितो काट्यो तै पनि चिनिया भाषामा पोख्त व्यक्तिसग तुरुन्त भाषा सिक्थे लि र भाषण शुरु गर्दथे ३ मिनेट जति चिनिया भाषामा भाषण गर्दथे तै पनि जनतालाई खुशी पार्थे । २ अप्रिल १९५५ मा चुनाव भयो । उनले अत्यधिक मतले ६ हजार २९ भोट ल्याएर जिते उनको विपक्षले जम्मा ९०८ मत मात्र ल्याउन सफल भयो । उक्त चुनावमा देवेन नायर वाहेक अरु सबैले जित्न सफल भए । ठुला ठुला पार्टीले हार बेहोरे यो चुनावमा । नेताहरु चुनाव हारेपछि कहा विलाएर जान्छन् तर लि ले त्यस्तो गरेनन् आफ्नो हारेको ठाउहरु र उम्मेदवारी नदिएको ठाउमा पनि निरन्तर छलफल र भेटघाट जारी राखे । पार्टीले हारेको ठाउमा समेत आफूलाई भोट हाल्ने नहाल्ने दुवैलाई धन्यवाद दिदै हिडे । यसले गर्दा उनको महत्व र साख बढ्दै गयो ।

यस बिचमा सिंगापुर स्वतन्त्रताको लागि खुब काम गरे । लिम यो घेकको सरकार भ्रष्ट थियो । खुब दुर्नाम कमाएको थियो । बेलायतबाट सिंगापुर स्वतन्त्रताको लागि कम्प्युनिष्टहरुको सान चाहिन्थ्यो । कम्प्युनिष्टहरुको सानले चुनाव जित्न पनि सहज हुन्थ्यो । बेलायतीहरु अंश अंशमा प्रेसरको आधारमा स्वतन्त्रता दिइ रहेका थिए । कम्प्युनिष्टको उपस्थिति बेलायतीको लागि असहज थियो भने आफ्नो पार्टी कब्जा गर्लान् भन्ने समेत पिर लि लाई थियो त्यसैले कम्प्युनिष्टको पक्षमा काम गरे झैं गरेर कम्प्युनिष्टको मत लिने रणनीति लि ले लिए ।

२५ अप्रिल १९५९ मा सिंगापुरमा आम चुनाव घोषणा भयो । उक्त चुनावमा सब भन्दा धेरै ५१ वटै सिटमा पिएपीले उम्मेदवारी दियो । त्यसमा ३४ चिनिया“ १० मलय ६ भारतीय र यूरेसियन थिए । चुनावताका लि ले विहान ७ देखि बेुका १० बजेसम्म भाषण गर्नु पर्ने भयो स्वर धोत्रो हुदै गए पछि चुरोट खान छाडि दिए । त्यति बेला मुख्य प्रतिद्वन्द्वी मलय कम्प्युनिष्ट पार्टी नै थियो कम्युनिष्ट पार्टी तोडफोड र ध्वस्त पार्ने क्रममा उद्दत हुने हुदा त्यसै मुद्दा लि ले खुब उठाए ।

यो चुनाव १९५५ को भन्दा फरक थियो, भोट अनिवार्य हाल्नै पर्ने, धनी मानिले गाउ गाउबाट गाडिमा बोकेर मतदान केन्द्रमा मान्छे ल्याउन नपाउने, कुनै पार्टीले चुनाव चिन्ह झण्डा त्यस्ता झल्किने कपडाहरु लगाउन नपाउने, घुस भ्रष्टता जस्ता कुरा देखिए तुरुन्त दण्डित गर्ने, जस्ता अवस्था थियो । ३० मे १९५९ को चुनावमा ५१ सिट मध्ये ४३ सिटमा ९० प्रतिशत मत ल्याई पिएपीले देशको सबै भू–भागमा आफ्नो बर्चस्व कायम गर्यो ।

मुख्य मन्त्रीमा नियुक्त 
मुख्य मन्त्री लिम पो होकले तुरुन्तै राजीनामा दिए पनि लि क्वान यु हतारिएर सरकारमा गएनन् जेलमा रहेका आस्थाका बन्दीलाई रिहा गरेर मात्र सरकारमा जाने सोच बनाए । उनले ३ जून १९५९ का दिन पि ए पी को उक्त र्यालिमा ४३ जना सभासदले भ्रष्टाचार रहित सफा राजनीतिको शुरुवातको संकेतका लागि सेतो कपडामा र्र्यालीमा भाग लिए । ५० हजारको र्र्यालीलाई सम्बोधन गर्दै लि ले भने राम्रा कुरा आकाशवाट खस्तैनन् त्यो त लामो समयको गहन मेहनत चाहिन्छ । जनताले जनताले इमान्दार साथ सहयोग गर्नुहोस् हामी गरी देखाउ“छौं । केही राम्रो काम गर्न केही अलिकप्रिय निर्णय गर्नु पर्ने पनि हुन सक्छ । त्यसको लगत्तै १९५९ जुनमा सिंगापुर सिटि हलमा लि ले मुख्य मन्त्रीको सपथ लिए । सबै मन्त्रीहरुसग दिन दिनै मिटि गर्न सजिलो होस् भनी सिटि हललाई नै उनले कार्यथलो बनाए ।

उनले मुख्य मन्त्री र सबै मन्त्रीहरुको तलब ह्वातै घटाए, सरकारी कर्मचारीको तलब पनि घटाइ दिए । मजदुरहरुको तलब तत्कालको लागि बढाउनु परेन । कसैले पनि घरमा नोकर चाकर राख्न नपाउने अवस्था आयो । आउदा दिनमा देश विकास गर्दा सरकारले के कस्ता समस्या झेल्नु पर्छ यस्ता विषयमा कर्मचारीलाई कक्षा दिन सरकारले शुरु गर्यो । कर्मचारीहरुलाई दिने कक्षामा लि स्वयं उपस्थिति हुन्थे र कयौं कक्षा त आफै दिन्थे पनि ।
सुन् १९५९ मै पहिलो पटक सत्रामा पुग्दा लिको एउटै उद्देश्य थियो, सानो मन्त्रिपरिषद् र भ्रष्टाचार शून्य सरकार बनाउने । संसारभरकै सरकारको समस्या सत्तामा पुगिसकेपछि पाउनु पर्ने सुविधा सबै उपभोग गर्ने र आफ्नो धरातल बिर्सिदिने हुने गर्दछ । सरकारमा पुग्नु भनेको आफूले विगतमा गरेका सबै दुःखको ब्याज असुल उपर गर्ने प्रवृत्ति संसारका जुनसुकै व्यक्तिको हुन्छ । हिजो चप्पल लगाएर संघर्ष गर्ने, जेलमा हन्डर ठक्कर खानेहरु मन्त्री वा सांसाद हुने बित्तिकै आफ्ना अघिल्ला दुख बिर्सिने र जनतालाई भन्दा आफैलाई प्राथमिकता दिने कुरा नौलो होइन ।
कम्युनिष्टहरुमा समर्पूण, बलिदान, स्वार्थरहितता र क्रान्तिकारी गुण देखेका लिले सरकारमा पुगिसकेपछि पनि त्यस्तै गुण राखिरहन आवश्यक देखे ।

अर्काे कुरा के थियो भने अघिल्लो सरकार यति भ्रष्ट थियो कि उसले जनताको दुख दर्द केही देख्दैनथ्यो । कम्तीमा आफू सरकारमा रहदा त्यस्तो अवस्थालाई परिवर्तन गरिछाड्छु भन्ने उनको ध्येय थियो । त्यस्तै लन्डनमा पढ्दाका चिनिया“ प्रजातान्त्रिक सरकारको भ्रष्टताका कारण जनतामा निराशा छाएको थियो र त्यो निराशा लन्डनमा छताछुल्ल भएर पोखिन्थ्यो । लिलाई के लाग्थ्यो भने मुख्य भूमिका चिनियाहरु दुःखी दरिद्रीका रुपमा परिचित भए भने देश बाहिरका चिनिया मुलका व्यत्तिले जतिसुकै ठूलो परिचय बनाए पनि जतिसुकै सुकिलामुकिला भए पनि हेपाइमा पर्छन् ।

उनले चीनमा परिवर्तन ल्याउन नसके पनि आफ्नो राष्ट्र र जनतालाई गरिबीबाट त्राण दिन सके र आफ्नो जीवन बाच्नुको सार हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले विकास र भ्रटाचारमाथि शून्य सहनशीलतामा उनले जोड दिए । लिम योहोक सरकारका शिक्षा मन्त्री चिउ स्वि किले चुनावमा कम्युनिष्ट विरुद्ध लड्नका लागि अमेरिकी १० लाख डलर लिएको घटनाबाट उनले पाठ पनि सिके ।

भ्रष्टचारीलाई निसाना
प्रधानमन्त्रीको शपथ लिदा सेतो सर्ट र सेतोपाइन्ट लगाएर उनले सफाइमा जोड दिए । पवित्रता र इमान्दारिताको सुरुवात लवाइबाट हुन्छ भन्ने मान्यतामा जोड दिदै उनले सबैलाई काम गराइमा पवित्रता र इमान्दारितामा ध्यान दिन अन्य मन्त्रीहरुलाई आदेश दिए । उनको मन्त्रीमण्डलमा एक जना बाहेक सबै विश्वविद्यालय टेकेका मन्त्रीहरु थिए । उनले पनि त्यस्ता मन्त्रीहरु मात्रै छाने जसकी पत्नीले काम गरिरहेकी छन्, परिवारलाई भरथेग गरिरहेकी छन् । यसो गर्दा मन्त्रीले भ्रष्टाचार गर्नु पर्दैनथ्यो । लिको धारणा थियो, मन्त्रीहरु नै सफा भए भने कर्मचारीहरु सफा हुन बाध्य हुन्थे, मन्त्रीहरु नै खुला र छाडा भए भने अरुका लागि पनि खुल्ला र छाडा हुन बाटो खुल्छ । कम्युनिष्टहरुका लागि लिको यो मोडलले नराम्रो धक्का दियो किनभने कम्युनिष्टहरुको सबैभन्दा ठूलो अचुक अस्त्र भनेको भ्रष्टाचारमाथिको प्रहार नै हुन्थ्यो । त्यो अस्त्र प्रहार गर्ने लिले बाटो दिएनन ।

करबापत जम्मा भएको एक डलर पनि जनताको तल्लो तहमा पुग्नुपने र बीचकमा तर ‘तर चाट्ने’ अवस्था नराख्न लिले विशेष पहल गरे । बढी भ्रष्टाचार हुने ठाउमा स्वयं लिले चासोपूर्वक काम गराउथे । यसो गर्दा भ्रष्टाचार हुने मूल नै सुक्थ्यो र मूल सुक्दा भ्रष्टाचार रोक्न, पहिचामन गर्न र ध्वस्त पार्न मद्दत पुग्यो ।

भ्रष्टाचार रोक्नका लागि सन् १९५२ ताका नै करप्ट प्राक्टिसेज इन्भेस्टिगेसन ब्युरो (सिपिआइबी) गठन गरिएको थियो । तर यो संस्थाले पहुचवालालाई केही नगर्ने र मध्यमवर्गका भ्रष्टाचारीहरुलाई मात्र अठ्याउने चलन थियो । प्रहरी, सरकारी कर्मचारीहरुमा यस्तो प्रवृत्ति बढ्ता देखिन्थ्याने । भ्रष्टानचार रोक्नका लागि स्न १९६० मा नया नीति पारित गरे र यो सिधा प्रधानमन्त्रीको मातहतमा रहेर काम गर्ने बनाइयो ।
यसपछि लिले सडक–सडकमा प्रहरी र टोले दादाहरुलाई तिर्नुपर्ने पाच दस डलरको रकममा हुने भ्रष्टाचारलाई केन्द्रित पारे । त्यति मात्र होइन, ठूला मन्त्रीहरुलाई पनि भ्रष्टाचारको मुद्दामा नाम पोलिने बित्तिकै उनले कारबाही गरिहाल्थे । राष्ट्रिय विकास मन्त्री टान किया गान, वातावरण मन्त्री वि टुन बुन, पिएपीका सांसद फे यु कोकजस्ता उनीसग नजिक रहेका व्यक्तिहरुलाई पनि उनले क्रूरतापूर्वक कारवाही गरे, जेल हाले र देश निकाला गरे । अर्का मन्त्री तेह चियाङ वानले त भ्रष्टाचार मुद्दामा मुछिएपछि आत्महत्या नै गरे ।

भ्रष्टाचारविरुद्ध लागिपर्ने संस्थालाई निडर भएर काम गर्ने लिले यति प्रोत्साहित गरे कि त्यसेको परिणाम आज पनि सिंगापुर संसारकै कम भ्रष्ट मुलुकमध्येमा पर्दछ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नामक संस्थाले सिंगापुर संसारकै कम भ्रष्टाचार कुने दशौं मुलुकका रुपमा उल्लेख गरेको छ । हङकङ, जापान र ताइवानभन्दा निकै अगाडि सिंगापुरको नाउ आउछ ।

लिले आफ्नै आखाले माओ त्यसे तुङ (नया चिनिया उच्चारण अनुसार– माओ जेदोङ) को चिनिया सांसकृतिक क्रान्ति देखेका थिए । यो क्रान्तिताका कैयौंले सफलताको कामना गर्दै आफ्नो सम्पत्ति दान गरेका थिए कम्युनिष्ट पार्टीलाई । तर जसै सांस्कृतिक क्रान्ति सफल भयो, दानीहरु सबैभन्दा बेवकुफ ठहरिए । देङ स्याओ पिङले आर्थिक उन्नतिको बाटो समातेपछि पार्टीका कैयौं नेताहरुले ठूला कर्पाेरेसनलाई ठाउ दिए बापत करोडौं रकम कुम्ल्याउने बाटो पाए ।

भियतनाममा पनि सन् ८० को दशकमा कम्युनिष्ट पार्टीकै माध्यमबाट विकासको नीति अगाल्ने भन्दै ठूला कर्पाेरेसनहरुलाई भित्रयाउदा हेर्दा हेर्दै कमरेडहरु करोडपति बन्न पुगे । कम्युनिष्टहरुमा हुने जुझारुपन, कामप्रतिको लगनशीलता र जनताप्रतिको उत्तरदायित्व पैसा नदेखुञ्जेल मात्र हुदोरहेछ भन्ने स्पष्ट चित्र लिले देखेकाले सरकारमा हुने जानेलाई ठूलो खर्च गर्नु नपरोस् भन्ने चाहन्थे किनभने एकपटकको निर्वाचनमा जति खर्च हुन्छ, त्यो पैसा उठाउन सांसद वा मन्त्रीले कुनै न कुनै बाटो खोज्नै पर्छ । त्यो भनेको भ्रष्टाचार गर्नु नै हो । फेरि आफ्नो पैसा उठाएर मात्र भएन, पा“च वर्षछि अर्काे चुनाव पनि जित्नैपर्यो । त्यसका लागि पनि पैसाको जोगाड त गर्नै पर्यो ।

सिंगापुरमा भोट हाल्नु अनिवार्य गरिएको छ । निर्वाचन अनिवार्य भइसकेपछि जनताले भोट हाल्नैपर्छ । भ्रष्टाचार गर्ने बाटो सुकाएपछि विपक्षीले लोभ्याउन सक्ने कुरै भएन । सत्तामा रहुञ्जेल सरकारले राम्रो काम गरेपछि सत्तापक्षीय पार्टीले पनि जनतालाई घुस ख्वाई ख्वाई भोट हाल भन्नु परेन । एउटा चित्त बुझ्दो चक्रीय प्रणाली लिले बनाए ।

सुरुमा आफू प्रधानमन्त्री हुदा देशको अवस्थालाई मध्यनजर गर्दै कमृचारीहरुको तलब घटाएका थिए । उनले आफ्नो तलब पनि घटाए र मन्त्रीहरुको पनि । जसै देशको विकासले गति लिन थाल्यो कमृचारीहरुको तलब आकर्षक तरिकाले बढाए । त्यसपछि मन्त्रीहरुको तलब बढाए । आफ्नो चाहि मासिक तलब ३ हजार पाच सयमै सीमित राखे । समय क्रममा सिंगापुरका निजी कम्पनीमा काम गर्ने कामदारहरुको भन्दा मन्त्रीको तलब कम हुन थालेपछि उनीहरु बरारब पार्दा कुनै फरक नपनर्एे अवस्था पनि बनाए । उनले पछि स्वतः तलब बढ्ने प्रणाली पनि विकास गरे ।

निजि क्षेत्रमा गज्जबले नाम र दाम कमाएको वकिल, विकित्सकलाई सरकारी जागिरमा तान्दा कहिलेकाही ठुलो मूल्य चुकाउनु परे पनि वकिलको तलब बढी हुन, जान्थ्यो । तर उसलाई ल्याएपछि जुन परिणाम आउछ, त्यसले सम्पूर्ण सिस्टममा नै सकारात्मक प्रभाव पार्छ । यस्तो परिणाम ल्याउने कुरामा जति ध्यान दिइन्थ्यो , उति नै आर्थिक संकटका बेला तलब घटाउने कुरामा पनि उत्तिकै सक्रिय भएर लि लागेका छन् । सन् १९९७ ताकाको आर्थिक संकटका बेला सबै मन्त्री, ठूला कर्मचारीहरुको तलब स्वात्तै घतेको उदाहरण सिंगापुरमै मात्र देख्न सकिन्थ्यो ।

सन् १९९० मा लि क्वान युले प्रधानमन्त्री पद छाडेपछि लिकी पत्नी चुले मन्त्रीहरुलाई प्रभावमा पारी आफु र उपप्रधानमन्त्री रहेको छोराका नाउमा दुइृवटा महगो घर खरिद वर्दा १ लाख डलर बराबरको छुट लिएको भनी विपक्षीले ठूलो हल्ला मच्चाए । विदेशी अखबारमा लिको उछित्तो काढ्ने यो सही मौका थियो । तर लिले तिनीहरु सबैको मुख बन्द गरिदिए किनभने जुन छुट दिइएको थियो, त्यो छुट कानुनबमोजिम नै थियो । अर्काेतर्फ १ लाख डलरको जुन छुट पाएका थिए, त्यो बराबर विषयमा छलफल चलाए । छलफलमा विपक्षीहरुले पनि लिको दोष पाएनन् ।

लिले पछि भनेका छन्, मैले यो कुरा संसदमा छलफल नचलाएको भए अकौ चुनावमा विपक्षीहरुका लागि ठूलो मसला हुने थियो र हाम्रो उछित्तो काढिने थियो ।
जथाभावी थुक्नु आम प्रचलन हो तर लिले यसलाई रोकन अभियान न सुरु गरे । हेर्दा सानो लाग्ने यस्ता अभियानबाट मानिसहरुको मन जित्ने कला पक्कै पनि अनुसरणीय छ । सन् १९६० मै उनले जनतालाई जथाभावी नथुक्न टेलिभिजनबाट सिकाए । थुक्नु त्यसै पनि राम्रो कुरा होइन, अर्काे चाहि यसले क्षयोग जस्ता सरुवा रोगहरु सार्ने सम्भावना बढी हुन्थ्यो । जथाभावी थुक्नु अशोभनीय भएकाले पछिसम्म सार्वजनिक स्थलमा थुक्नुलाई अपराधकै कोटीमा राखेकाले अहिले सिंगापुरमा जथाभावी थुक्नेबानी हराइसकेको छ ।

हुन पनि ठूला भौतिक संरचना बानाउन सकिन्छ तर मानिसको खराब आचरणलाई असलमा परिवर्तन गर्न त्यति सजिलो छैन । प्याच्च बोल्ने्, नमिठो बोल्ने, चर्काे बोल्ने बानीलाई बदल्न पनि कम ठाह्रो छैन । सडकछेउका स–साना होटलले उत्सर्जन गर्ने फोहोरलाई जथाभावी छाड्नेजस्ता साना कुरालाई पनि उनले चासोपूर्वक नियनत्रणमा लिए । लिले भनेका छन्, थुक्ने जस्तो स्वाभाविक बानीलाई हामीले केह िवर्षभित्रै नियनत्रण गर्न सक्यो भने यस्ता कैर्या खराब बानीलाई सुधार्नै सकछौ भन्ने लागेर कितपय अभियान सुरु गरियो र तिनले राम्रै परिणाम पनि ल्याए ।

सरकारमा जानेबित्तिकै उनले क्लिन एन्ड च्रिन सिंगापुरको अभियान चलाए । कतिलाई झुप्राबाट राम्रा भवनमा पनि सारे । तर लागेको बनी कहिल्यै सुधिदैन भनेजस्तै राम्रा भवनमा सारिए पनि मानिसले अपार्टमेन्टभित्रै सुगुर, कुखुरापालनजस्ता क्रियाकलापले उनलाई हास उठाउथ्यो । सडकमा गाइृवस्तुहरु असरल्ल रल्लिरहेका हुन्थे । एकपटक सहरकै चर्चित वकिलले सडकमा हिडिरहेको गाईलाई ठक्कर दिएर मारेपछि दंगा नै होलाजस्तो अवस्था आएको थियो । गाई मात्र होइन, बाख्रा, चौपायाधनीलाई चेतावनी दिए, आफ्ना चौपायालाई नियन्त्रण गरेनौ भने प्रहरीले तिनलाई पक्रेर काट्ने  र तिनको मासु खानेलाई सित्तैमा बाडिनेछ । तर पनि केहीले मानेनन् । यसपछि ५३ गाई पक्राउ गरी काटियो । तिनको मासु बाडियो । त्यस्तै कति कति बाख्रा र सुगुर पनि सरकारले कब्जामा लियो । यस लगत्तै गाइ, बाख्रा र सुगुरहरु आफ्ना ठाउमा थान्को लाग्न थाले ।

उनले हरियाली अभियान सुरु गर्दा मानिसहरु हास्थे र भन्थे अहिले रोपिएका बिरुवाहरु केही दिनपछि मर्छन् अनि कतिले उखेलिदिन्छन् । नभन्दै केही विरुवाहरु मरे र कति त जनताले नै उखेलिदिए एकजना डाक्टरले त सडकमा रोपिएका महगा कतै नपाइने बिरुवालाई उखेलेर आफ्ना घरमा रोपे तर त्यस्ता घटना सीमीत थिए र अधिकांश बचेकुचेका रुखहरु बढ्दै जादा सहरमा ती गर्वका प्रतीक बन्न थाले । अर्काेतर्फ सफाइ अभियानका कारण अति फोहोर गल्ली पनि हेर्दा चिटिक्को देखिन थाल्यो । यस्तो सफाई अभियान उनले राम्रो गल्लीदेखि उपेक्षित गल्लीसम्मलाई ध्यानमा राखेका थिए । सफाइ हुनु अघिको गल्ली र सफाइ पछिको गल्ल्को चार्ट बनाएर सर्वसाधारणलाई परिवर्तनको अनुभव गराउथे ।

सन् १९७१ सम्म प्रशस्त रोजगारी सिर्जना हुन थालेपछि मानिसहरु आफै सरसफाईमा चासो राख्न थाले । त्यसमाथि सानो इकाड्सम्म अगुवाहरुले सरसफाइमा ध्यान दिन थाले । दुई–दुईवटा जातीय दंगा चर्किदाको अवस्थामा अनुशासन र नियमकानुनलाई धोती लाइदिने परम्परा सुरु भएको थियो । तर अकस्मात् देशले विकासको गति लिन थालेपछि मानिसमा अनुशासन सुरु भयो ।

पछि कैयौ विदेशी नेताहरु भ्रमणमा आउदा सहरको हरियालीबाट ज्यादै प्रभावित भए । हङकङले त लिको अभियानबाट प्रभावित भएर फोहोरविरुद्धको अभियान नै सुरु गर्यो । यस्तै सन् १९७१ को जनवरीमा कमनवेल्थ देशहरुको सम्मेलनको क्रममा सर्वसाधारणलाई कसरी अतिथिहरुसग व्यवहार गर्न भन्ने सिकाए । सगैमा उनले के पनि सिकाए भने, आउने अतिथिहरुलाई मात्र सम्मान गर्ने होइन, आफ्नै दाजुभाई, आफ्ना देशका नागरिक माथि पनि उत्तीकै सम्मानपूर्ण व्यवहार गर। हामीले हामी आफैलाई सम्मान नगरेसम्म अरुलाई सम्मान गर्न सक्दैनौ, गरे पनि त्यो कृतिम हुन्छ ।

सिंगापुरको हरियालीबाट प्रभावित भएर मलेसियाका प्रधानमन्त्री डा महाथिर मोहम्मदले क्वालालम्पुरलाई हरियालीयुक्त सहर बनाए । जकार्तालाई पनि राष्ट्रपति सुकार्ताे र फिलिपिन्सका मार्काेसले मनिला र थाइल्याण्डको राजधानी बैककलाई प्रधानमन्त्री थानिनले हरियो बनाए । लि क्वान युले भनेका छन् । प्रतिस्पर्धा ज्यादै खतरनाक हुनछ तर हरियाली बनाउने प्रतिस्पर्धा चाहि सबैभन्दा राम्रो प्रतिस्पर्धा बन्यो ।

तर यसरी हरियाली छाउनका लागि उनले उपयुक्त पात्र पनि छनोट गरे । उनेले मलय मूलका वङ यु क्वानलाई यसको जिम्मा दिए । उनी बिरुवामा सोखिन थिए । उनले मलेसियामा छदा ठूलो व्यवसायिक बगैचामा काम गरिसकेका व्यक्ति थिए । उनले सडक किनारका हरेक बिरुवालाई उत्तिकै माया गर्थे । त्यसमाथि हरेक दिन लि क्वान युले उनलाई लामो सूची थमाइदिन्थे, के–के गर्ने र के–के नगर्ने भनेर । उनीपछि कृषि विज्ञ चुवा सियान इङ हरियाली प्रमुख बनाईए । उनी झन् यसमा पोख्त थिए । लिले पछि भनेका छन् सबैभन्दा सस्तोमा मानिसको मनमा सकारात्मक प्रभाव पार्ने तरिका हरियालीनै रहेछ भन्ने पछि मैले बुझे ।

उनको सफाइ अभियानको अर्काे ठूलो सफलता सिंगापुर नदी र रोचोर नहरमा भएका फोहोरलाई निमिट्यान्न पार्नुमा थियो । ति दुवै नदी र नहरमा उद्धोगको  फोहोर बग्थ्यो । त्यही किनारमा सुगुरका खोर थिए । कसै कसैले छेउमा माछा पोखरी पनि बनाएका थिए । ति सबैलाई ठाउ सारिदिएर नदी किनार सफाइ अभियान सुरु गरे ठाउ सार्नु कम्ता कठिन काम थिएन । नया ठाउ कतिपयका लागि उपयुक्त पनि थिएन । तर सरकारी नियम लागु भएपछि नमानी सुखै हुन्थेन । २० वर्षे लामो सफाइ अभियानपछि मात्रै नहर र नदि सफाइ अभियान सफल भएको थियो । कतिसम्म भने नदी र नहरको छेउमा मानिसहरुका लागि आवश्यक पर्ने बालुवा इन्डोनेसिया बाट किनेर भए पनि ल्याए । अहिले त्यह देश विदेशका पर्यटकहरु नदी र नहर छेउका बालुवामा जिउ सेकाउदै पौडी खेल्ने पाउछन । यसले व्यवसायको अर्काे ढोका पनि खोल्यो, ती मानिसहरुलाई आवश्यक पर्ने चिया–खाजा, बियर आदिको व्यवस्थागर्न स–साना रेस्टुराको व्यापार मज्जाले चम्केको छ ।

यस्तै कृषिमा आधुनिकीकरण ल्याउन कतिपय कृषिकर्म, गाईपालन, पशुपालन गरिरहेकाहरुको सानो समूह भएकाले यसलाई बृहत स्तरमा सरकारी तवरबाटै ठूलो उद्योग खडा गर्न कतिपयको बारी, गोठ र तिनका गाइृवस्तु  सरकारले नियनत्रणमा लियो । तिनलाई गाउ भन्दा गतिलो बस्ने ठाउ दियो । सबै सुविधाले युक्त बनाइदियो । तर तिनले आफ्नो पशुलाई यति माया गरेका थिए कि, तिनले हरेक निर्वाचनमा पिएपी विरुद्ध भोट खसालेर आफ्नो रिस मत्थर पारे ।

कसैले कुनै फ्याक्ट्रि स्थापना गर्छ भने उसले आफ्नो वपिरपरिको वातावरणलाई हरियाली युक्त बनाउनै पर्ने नियम लागाइदिए । त्यस्तै मानिससग धन बढ्दै जादा उसको सोख पनि बढ्दै जान्छ । खासगरी गाडीमा सहरियाहरुको विेशेष लगाव हुनछ भन्ने बुझाइले उनले गाडी चढ्न चाहनेले एन्टी पोल्युसन युनिटबाट गाडीले फयाक्ने धुवाको फोहोर मापन नगरी चलाउन नपाउने बनाइदिए । उनेले गाडीले बजाउने हर्नमा समेत सीमितता लगाइदिए ।

चिनिया नया वर्षलाई धुमधामका साथ मनाउन पटाका पड्काउने जस्ता काम गरिन्थ्यो उनले यसलाई बन्द गराइदिए । खासगरी त्यस्ता पटाकाले बालबालिकाको स्वास्थ्यलाई असर गनृे, कहिलेकाही त्यसको दुरुपयोगले मानिसलाई चोटपकटक लगाउनेभ एकाले यसलाई बन्द गर्नु अनिवायृ भइसकेको थियो । त्यसो त यसको ठूलो विरोध नभएको होइन । कतिले त यस्तो कार्य रोक्न अुनरोध गर्ने प्रहरीलाई आक्रमण पनि नगरेका होइनन् तर जन जीवनलाई ख्याल राख्दै अव्यवहारिक र मानिसलाई हानि पुर्याउने परम्परालाई उनले कडाइका साथ रोक लगाए ।
हजारौ वर्षको इतिहास नभए पनि सयौ वर्ष पुराना घर, चर्च, मनिदरलाई पुराना पुस्ताले हेर्नुपर्ने ठहर गरी तिनको संरक्षाण्मा पनि उनले अभियान चलाए । कतिपय पुराना घरहरुलाई संरक्षण गरियो । सार्वजनिक स्थलमा चुरोट पिउन क्रमश प्रतिबन्ध लगाए । यसको सफल परीक्षणलाई देखेर अन्य देशले पनि क्रमश लागु गरे ।

सन् १९८६ ताका उनको सरकारमा चुइङ्गम प्रतिबन्ध लगाउने कुरा उठेको थियो । यसलाई उनले उति ध्यान दिएका थिएनन् । तर पछि स्कुल, कलेज, रेल, बस जताततैका सिटमा टासिने र अरुका लुगा बिगार्ने यस्तो प्रवृत्तिलाई अन्त्य गर्न उनले प्रतिबन्ध लगाउने कुरालाई स्वीकृति दिए । पश्चिमा मिडियाले यसलाई खिल्ली उडाउदै न्यानी स्टेट अर्थात जनतालाई बच्चाजस्तो व्यवहार गर्ने देशका रुपमा खिल्ली उडाए । तर लिले आफ्नो आत्मकथामा लेखेका छन्, सर्वसाधारणको हितका लागि हामीलाई त्यसो भन्छन् भने म गर्बका साथ त्यो स्वीकार गर्छु ।

देश कसरी बनाउने ?
सन् १९७५ मा जापन भ्रमणमा जादा लिले एउटा गज्जबको दृश्य देखे । उनी बसेको होटलमा काम गर्ने महिलाले आफू निस्केपछि हरेक पटक कोठाको बत्ती निभाउथिन् । पछि उनले सोधे, ‘हरेक पटक म निस्केपछि तिमीले बत्ती निभाउछ्यौ नि ?’ उनले जवाफ दिइन्, ‘हाम्रो देशमा यतिबेला ऊर्जा संकट बढेको छ । एक मिनेटका लागि मात्र पनि विद्युत ऊर्जा बचायो भने धेरै ठूलो योगदान हुन्छ ।’
उनको यो जवाफ सुनेर लि चकित परे । होटलमा काम गर्ने जाबो एउटी कामदारमा देशका लागि ऊर्जा बचाएको कुरा गर्वका साथ सुनाइरहेकी थिई । एकछिनको ऊर्जाले पनि देश बन्छ भन्ने उनले सोचेका पनि थिएनन् । मानौं देशभरिका मानिसले खेर गइरहेको विद्युत ऊर्जालाई एक मिनेटका लागि मात्र बचाए भने करोडौं मिनेट बचत हुन्छ । त्यो करोडौं मिनेट बचत भएको ऊर्जा ज्यादै आवश्यक परेकाहरुले प्रयोग गर्ने अवसर पाउछन् । यस्तो ऊर्जा बचतको क्रम त्यहा बिजुली बत्तीमा मात्र थिएन, हरेक कुरामा थियो ।

अर्काे उदाहरण उनले आफू बसेको होटलमा प्रयोग भएको एयर कन्डिस्नरको दिएका छन् । उनी बसेको होटलमा तुलनात्मक गर्मी थियो र एयर कन्डिस्नर खोल्दा २५ डिग्री सेल्सियसभन्दा कममा झर्दैनथ्यो । जति कम तापक्रममा झार्यो, त्यसले उति बढी ऊर्जा खपत गर्ने भएकाले मध्यम तापक्रममा स्थिर राखिएको थियो । त्यस्तै सडकमा जादा निजी कार चालकहरुले ट्राफिक रातो बत्ती बलेको ठाउमा थोरै समयका लागि भए पनि आफ्नो कारको इन्जिन बन्द गरेको पाए । यसले लाखौं कारले खाने पेट्रोल ऊर्जा थोरै भए पनि बचत हुन्थ्यो ।

लिले आत्मकथामा लेखेका छन्, हेर्दा यो कुरा ज्यादै सानो र लोभीपन जस्तो पनि देखिन्छ, तर यही सानो कुराले देशलाई नै राहत दिन्छ भन्ने निकै कमले मात्र विचार पुर्याएका हुन्छन् ।

लिलाई ऊर्जा बचतको कुरा यति मन पर्यो कि उनले सिंगापुरमा पनि यस्तै नीति ल्याए । निश्चित कोटाको ऊर्जा चाहिदो भन्दा बढी प्रयोग गरेको खण्डमा हरेक कारखानाले किन बढी ऊर्जा प्रयोग गरेको हो भन्नेमा स्पष्टिकरण दिनुपर्ने र त्यो थप ऊर्जा प्रयोगका लागि मिनिस्ट्री अफ ट्रेड एन्ड इन्डस्ट्रीबाट स्वीकृति लिनुपर्ने नीति बनाए । तर जापान जति सफल हुन नसकेको उनको स्वीकारोक्ति छ ।

ऊर्जा प्रयोग नीतिकै कारण जापानले ऊर्जा प्रयोग कम हुने गाडी, कारखाना, विद्युतीय सामाग्री र अन्य चिज बनाउन सफल भयो । उता अमेरिकामा भने यस्ता कुरामा ध्यान नदिइउको उनले पाए । यद्यपि त्यहा स्कुलदेखि नै यस्ता कुरा सिकाउने चलन भने छ ।

जापानी प्रबन्ध तथा व्यवस्थापन शैली संसारभर नै प्रख्यात छ । त्यस्तै प्रबन्धन रव्यवस्थापन शैलवी सिंगापुरेलाइृ सिकाउन लिले नेसनल प्रोडक्टिभिटी बोर्ड निर्माण गरे । १० वर्षे कार्यनीति लिएर जापानी जत्तिकै सशक्त प्रबन्ध र व्यवस्थापन शैली, शिल्प असगाल्ने रणनीति बनाए । त्यसले निकै राम्रो सफलता हात पारेको लिको अनुभव छ ।

जापानमा कुनै ठूलो कम्पनीको व्यवस्थापक वा प्रबन्धकले आफ्नो गल्तीले त्यो कम्पनीलाई ठूलो घाटा लागेको खण्डमा उसले लाजका कारण आत्महत्या गर्छ । यस्तो कुरा अन्य ठाउमा पाइदैन । आफ्नो गल्ती स्वीकार्ने र त्यो गल्तीबाट पाठ सिक्नु त कहा हो कहा अरुलाइृ दोष लगाएर उम्कने चलन अन्यत्र पाइन्छ तर जापानमा भने गल्ती महशुस मात्रै भयो भने पनि त्यो गल्तीलाई भरसक सच्याउने तर सच्याउन नसके आत्महत्यासम्मको बाटोरोज्ने गरेको उदाहरण लिले देखे । यस्तो जिम्मेवारीबोधबाट उनी छक्कै परेका छन् ।

जापानीहरुको अपनत्वको धारणा गज्जबको छ । उनीहरुले सिंगापुरमा कुनै नया व्यापार सुरु गरे भने आफूलाई चाहिने सहायक चिजबिजहरु जापानबाटै ल्याउने गर्छन् । आफूले कुनै काराखाना खोले भने कारखानालाई चाहिने सहायक कम्पनीहरु पनि खोल्छन् । हुदाहुदा आफूलाई मनपर्ने स्वादको जापानी रेष्टुरा सिंगापुरमै खोल्छन्, कामदार उतैबाट ल्याउछन्, भरसक आफ्नै उत्पादन प्रयोग गर्छन् । रेष्टुरा र खानपानमा अन्य देशका मानिसहरुले यस्तो गरेको देखिए पनि आफ्नै देशमा उत्पादित सबै सामान प्रयोग गर्ने चलन चाहि त्यो बेला जापानीहरुमा बढी नै थियो ।

‘जापानीबाट सिकेको अर्काे पक्ष थियो, कम्पनीलाई निरन्तर नाफामा लैजानु छ भने आफ्ना कामदारहरुलाई निरन्तर सिकाउनुपर्छ, निरन्तर तालिम र अवसर दिइरहनुपर्छ । आफ्ना कमृचारीमाथि गरिएको लगानी कहिल्यै खेर जादैन लिले लेखेका छन्, ‘सिकाउने र निरन्तर सिकाउने उनीहरुको दर्शनले उनीहरुलाई सधैं अगाडि नै बढाएको छ । कहिल्यै पछि पर्नु परेको छैन भलै उनीहरुले अंग्रेजी भाषालाई मुख्य भाषा नअ“गालेका होऊन् ।’

राम्रो पैसा जसले दिन्छ, उसैकहा काम गर्ने प्रवृत्ति सिंगापुरमा छ तर जापानमा एउटै काममा, जीवन बिताउने प्रवृत्ति छ जसका कारण कम्पनीले ढुक्कस“ग त्यस व्यक्तिमाथि निरन्तर लगानी गर्न सक्छ ।

जापानको प्रगतिको मुख्य कारण त्यहाका जनतामा रहेको एक्यवद्धता, अनुशासन, बुद्धिमत्ता, उद्यमीपन र राष्ट्रका लागि योगदान दिने चाह नै भएको लिले पाए । बरोबर भूकम्प, सामुद्रिक आ“धी तथा अन्य प्राकृतिक प्रकोपले दुःख दिए पनि उनीहरु डटेर सामना गर्ने गरेकाले पटकपटक लडेर उठेको उनले पाए । भूकम्प आउदा अन्य क्षेत्रमा लुटमार चल्छ भने त्यहा त्यस्तो काम विरलै हुने गर्दछ ।

लिले विकासको अर्काे मोडल दक्षिण कोरियाबाट पनि लिएका छन् । उनी दक्षिण कोरियालीहरुको बढीभन्दा बढी बचत गर्ने शैलीबाट प्रभावित भएको बताउने गरेका छन् । पाच सय वर्षभन्दा बढी समयदेखि जापानी अतिक्रमणको रषा गरेका र ३५ वर्षभन्दा बढी जापानीहरुबाटशासित भएकाले तिनमा जापानीहरुलाई ईष्र्या गर्ने चलन देखे । चिनियाहरुलाई नजिकको ठान्ने गरेको पनि उनले पाए ।

सिंगापुरलाई यति विकसित कसरी बनाउनुभयो भन्ने प्रश्नमा लिले भन्ने गरेका छन्, पहिलो नम्बरमा सरकारको जासूसी संयन्त्र राम्रो बनाउनुस् । दोस्रो नम्बरमा जहिले पनि मध्यमार्गी बाटो लिनुस् । तेस्रो नम्बरमा भ्रष्टाचारमाथि शून्य सहनशीलताको नीति अगाल्नुस् । बूढा सरकारी कर्मचारीलाई बिस्तारै पाखा लगाएर नया र ऊर्जावान्लाई ठाउ दिनुस् । तिनलाई राम्रो तलब दिनुस् ।

अनि चुनाव चाहि बरोबर कसरी जित्ने भन्ने प्रश्नमा उनको उत्तर छ, ‘मैले जनतालाई कहिल्यै ढाटिन, झूटो आश्वासन दिइन । गर्न सक्ने कुरा मात्र गरें । भनेको कुरा पूरा गरें । यसले म माथि उनीहरुको विश्वास बढायो । मैले जुन कुरामा कहिल्यै विश्वास गरिन“, त्यसलाई मैले बढाइचढाई जनतालाई भनिन । जनतालाई विस्तारै थाहा भयो, म इमान्दार छु र भनेको कुरा पनि सचेत छु ।

दक्षिण कोरियाली नेताहरु उनीस“ग सल्लाह माग्थे । उनको उत्तर हुन्थ्यो, ‘तिम्रो देशमा भ्रष्टाचार सबैभन्दा ठूलो समस्या हो ।’ यो सुन्ने बित्तिकै सन् १९९२ मा कोरियाली राष्ट्रपति किम योङ सामले आफैंले नियुक्त गरेका तीनजना मन्त्रीहरु भ्रष्टाचारमा मुद्धिएको पाउने बित्तिकै बर्खास्त गरे भने कैयौं वरिष्ठ न्यायाधीश तथा सेनाका वरिष्ठ अधिकारीहरुलाई जेलमा कोचे । उनले नै पूर्व राष्ट्रपतिहरुलाई भ्रष्टाचारको अभियोगमा जेल हाले ।

लिको अनुभवले भन्छ, वैश्विक व्यापार र उद्यममा आफ्नो नाउ चम्काउनु छ भने वैश्विकस्तरकै व्यापार प्रणाली, अर्थप्रणाली, पारदर्शीताजस्ता कुरामा ध्यान दिनुपर्नेछ । यसो गर्न नसक्दा समाज प्रतिस्पर्धी हुदैन र अप्रतिस्पर्धी समाजले वैश्विक खुला समाजसग भिड्न सक्तैन । एकपटक लडिसकेपछि उसलाई उठ्न गाह्रो हुन्छ किनभने अरुले बजार कब्जा गरिसकेका हुनेछन् ।

लिलाई प्रभाव पार्ने अर्काे ठाउ भनेको हङकङ पनि हो । चिनको मुख्यभूमिबाट भागेर आएका शरणार्थीहरुले बनाएको हङकङ संसारकै गज्जबको व्यवसायिक थलोका रुपमा विकसित हुनुमा चिनिया व्यवसायीहरुको ठूलो भूमिका रहेको लिको ठम्याई छ । जुन बेला लि प्रधानमन्त्रीका रुपमा नियुक्त भएका थिए, त्यो बेला नै हङकङ विकसित नगरका रुपमा परिचित भइसकेको थियो । हङकङको विकास आश्चर्यजनक तहमा पुगेको हुनाले उनी आफ्नो मुलुकलाई पनि यही तहमा पुर्याउने सपना देख्थे । पहिलोपटकको भ्रमणमा उनी हङकङ पुग्दा एउटा कोट सिलाउन दिएका थिए र केही घण्टा भित्रै आकर्षक कोट बनाएको पाएपछि उनी यो कलाबाट मख्ख भएका थिए ।

चीनको सांस्कृतिक क्रान्तिका अलिकति व्यापरिक दृष्टिकोण भएका, हातमा सीप भएकाहरु हङकङ र ताइवानतिर भागे । तिले नै यो क्षेत्र बनाएका हुन् । हङकङबाट आफै प्रभवित भएका लिलाई त्यहाको विश्वविद्यलायले पछि ‘डक्टर अफ ल’बाट विभूषित गरेको थियो ।

हङकङलाई जहिले अप्ठेरो पर्यो, जनता आफैले त्यो अप्ठेरोसग जुझे, सरकारको मुख ताकेनन् भन्ने लिको विश्लेषण छ । जस्तो सन् १९७० को तेल संकटका बेला त्यहाका जनता, टेड युनियन, मजदुर सबैले आफ्नो मूल्य कटौती गरे । कतिसम्म भने कुनै पसलले बेच्ने सामानमा पनि नाफाको दर ज्यादै कम गरेर सामाग्रीहरु बेचे जबकि अन्य ठाउ“मा यस्तो अनुभव गर्न पाइदैन । जनता आफैं खर्च कटौतीका सन्दर्भमा सचेत भएपछि सरकारले कमै सोचे पनि पुग्ने उनको धारणा छ । हङकङगेहरुमा सरकारले आफ्नो जिम्मा लिओस् भन्ने चाहना हुदैन, सिंगापुरेमा चाहि सरकारको मुख ताक्ने चलन छ । कुनै कुरामा असफलता हात पारे सरकारलाई धारे हात लगाउछन् रे सिांपुरे तर लिले हङकङेमा त्यस्तो पाएनन् । आफू असफल भए आफ्नै गल्ती ठानेर फेरि सम्हालिने कोसिस गर्छन् ।

हङकङे र सिंगापुरेबीचको फरक आफूले स्पष्ट देखेको लि बताउछन् उनी भन्छन्, ‘हङकङेहरु सिंगापुर आएर फ्याक्ट्री सुरु गर्दाका सुरुवाती व्यवस्थापकहरु आफैं कम्पनीका मालिक भइसके । सिंगापुरेहरु चाहि कम्पनी बन्द नहुञ्जेल त्यहीका व्यवस्थापनका रुपमा रहिरहे ।’ आफूले काम सिकिसिकेपछि त्यही कम्पनीमा काम गर्नुपर्छ भन्ने छैन भन्ने हङकङे मान्यता रहेछ । यसले उनीहरुको उद्यमशीलता देखाउछ । स्वयं कम्पनीका मालिकहरु पनि आफ्ना व्यवस्थापकहरु आफैं उद्यमशील होऊ्न भन्ने चाहना राख्ने हुदारहेछन् । जनतालाई अघि बढाउने हो भने तिनमा जोखिम मोल्ने साहस, सफलताको स्वाद र व्यवसायिक जानकारी बढी भन्दा बढी दिलाएर तिनलाई सशक्त पार्नु पर्ने लिको धारणा छ ।

देश विकासको अर्काे बाटोगैरआवासीयहरु पनि रहेछन् भन्ने उदाहरण सन् १९८९ मा चीनबाट पनि लिले देखे । त्यो बेला तियानानमेन काण्ड घट्यो । यस काण्डले चीनमा बढेको अमेरिकी र अन्य लगानी स्वाट्टै घट्यो । चीनको अर्थतीत्र डामाडोल होलाजस्तो देखियो । तर यही बेला गैरआवासीय चिनियाहरुले हङकङ, मकाउ, ताइवान तथा अन्य देशबाट आएर त्यहा लगानी गरे । जुन बेला विदेशीहरु आफ्नो लागनी बोकेर भागाभाग गरिरहेका थिए, त्यही बेला गैरआवासीय चिनियाहरु लगानी बोकेर छिरिरहेका थिए । संकटका बेलाको लगानीले ठूलो काम गर्यो । हेर्दाहेर्दै विदेशीभन्दा चिनिया“हरु धनी भए ।

यसैगरी ताइवानको विकासबाट पनि लि निकै प्रभावित भएका थिए । उनले ६० को दशकमा ताइवानको भ्रमण गर्दा यसले आफ्नो विकासको गति फराकिलो बनाइसकेको थिएन । चीनभन्दा आफू फरक किसिमले अघि बढिरहेको थियो । सुरुवातमा अमेरिकी सहयोगबाट यसले आफूलाई निर्यातजन्य उद्योगमा हात हाल्यो, खासगरी कृषिमा ठूलो महत्व दिन थाल्यो । जनतालाई बढीभन्दा बढी शिक्षित बनाउन ठूलो लगानी गथ्यो । लिले टिप्पणी गरेका छन्, ‘महगा किताब किन्ने क्षमता नहुदा कपिराइट नकिनिएका नक्कली किताबहरु किनबेच हुन्थे । ती ज्यादै महगा भएकाले त्यो स्वाभाविक पनि थियो, त्यो बेला तिनै किताब पढेर उनीहरुले आफ्नो बुद्धि विस्तार गरे । जेसुकै कुराको नक्कल तुरुन्तै निकाल्न सक्ने खुबी भएको हुदा उनीहरुले ज्यादै सस्तो उत्पादन गर्न सक्थे । लामो समय नक्कली सामानलाई प्रोत्साहित गर्दा जसै अर्थतस्त्र उकासियो, उसले पछि रोयल्टी तिरेर तिनै सामानहरु स्वदेशमा उत्पादन गर्न थाल्यो ।’

ताइवानलेृ आफ्ना शिक्षित जनता बढीभन्दा बढी विदेशमै रमाउने भएकाले ‘व्रेन ड्रेन’को समस्या झेले पनि धेरैलाई स्वदेश फर्काउन कैयौं कार्यक्रमहरु सञ्चालन गर्यो । प्रतिभाशाली विद्याथीृहरुलाई बढीभन्दा बढी सूचनाप्रविधि पढाउन पठाउने र तिनीहरुलाई स्वदेश फर्काएर तयस्तै कामका लागि प्रोत्साहित र्गे, उद्यम बढाउन तिनमाथि लगानी गरिदिने जस्ता नीति लियो । यसको केही समयभित्रै अमेरिकी प्रविधि त्यहा उत्पादन हुन थाल्यो । ऊ अमेरिकासगै प्रविधिमा होस्टेमा हैंसेगर्न थाल्यो । छेउको विशाल चीनले कुन बेला काचै निल्ने हो भन्ने भयका कारण पनि ताइवानको विकास सम्भव भएको लिको विश्लेषण छ । यता मुख्यभूमि चीनको ताल माओ त्से तुङ (नया उचरणअनुसार माओजेदोङ) को सांस्कृतिक क्रान्तिताका ठूल्दाइको जस्तो थियो । सिंगापुरलाई दशैं नगन्ने, मलेसियालाई बेलायतको एजेन्ट मान्ने, इन्डोनेसियाप्रति उति राम्रो धारण्ण नराख्ने बानी थियो । व्यापारका लागि आएक चिनियाहरुले ‘माहोका विचार’, माओको ‘रातो किताब’ जस्ता किताबहरु सित्तैमा बाड्न ल्याउथे । सिंगापुरमा भएको चिनिया बैंकले त ग्राहकहरुलाई सित्तैमा बाड्न यस्ता किताबहरु आफ्नो डेस्कमा राखेका हुन्थे। लिले विदेशी विचार प्रचार गर्ने त्यस्ता कम्पनी, व्यक्ति र संस्थाहरुलाई विदेशी भए खुला रुपमा छाडिदिने तर आफ्ना जनता भए कडा कारवाही गर्थे ।

१० वर्षे विकासको क्रममा चीनले सिंगापुरलाई हेर्ने दृष्टि परिवर्तन हुन थाल्यो । दक्षिणपूर्वी देशहरुमा सोभियत प्रभाव बढ्न थालेकाले पनि चीनले आफ्नो नीति परिवर्तन गर्नुपर्ने आवश्यकता बोध गर्यो । चीनले परिवर्तन गरेको नीति, जसलाई ‘पिङपोङ डिप्लोमेसी’ पनि भनिन्छ, यसले सिंगापुर र चीन बीच थोरै निकटता ल्यायो । तर चीनको निकटता चाहिरहेका बे्ला लिले रुसी पानी जहान मर्मतका लागि १९७४ मा आइपुगदा तिनलाई भेदभाव नगर्ने नीति पनि लिए । अरु डरछेरुवा नेता भएका भए चीनको निकटता चाहेका बेला रुसी जहाज मर्मत नगर्ने निर्णय गरेर चीनको गुालमी गर्थे होलान् तर उनले त्यसो गरेनन् । व्यापार आफ्नो ठाउमा छ, सम्बन्ध अर्काे ठाउमा छ । ‘एक चीन नीति’ मा आफेना विश्वास भएकाले ताइवान र चीनबीचको मतभिन्नता उनीहरुको आफ्नो समस्या भएको र त्यमसा बाहिरियाहरुले भाजो हाल्न नहुने उनको धारणा थियो । तर चीन र ताइवानबीच युद्ध भएमा सबैभन्दा बढी क्षति सिंगापुरलाई हुने भएकाले झगडा नगरी यो मामिला सुल्ट्याउन उनकोजोड हुन्थ्यो ।

सन् १९७६ को मे १० देखि २३ सम्म पहिलो पटक चीनको भ्रमण गर्दा विद्याथीृहरुले स्कुल छाडेर लिलाई स्वागतका लागि लाम लाग्नु अश्लील लाग्यो । आफूलाई चिनिया मुलको मान्ने लिलाई भने चीनको मूल थलोका राजनीतिज्ञहरु चिनिया मान्न तयार थिएनन् । यस्तो नीति किङ राजपरम्पराको एउटा नीतिजस्तै थियो, जुन पछिसम्म कायम रह्यो । सन् १८७० को दशकमा मात्र चीनले आफ्ना नागरिकहरुलाई विदेशमा हुने पीरमर्काका बारेमा चासो राख्दै कन्सुलेट कार्यालय राखेको थियो तर आफै समस्यामा घेरिउको चीनले आप्ना जनताका बारेमा चासो राख्न भने सकेको थिएन । पछि १९२० कोदशकमा चिनिया कम्युनिष्ट पार्टीले दक्षिणपूर्वी एसियामा आफ्नो प्रभाव बढाउन थाल्यो । यही क्रममा १९३० मा सिंगापुरमा मलय कम्युनिष्ट पार्टी स्थापनाका बेला हो चि मिन्हजसता भियतनामका चर्चित कम्युनिष्ट नेता समेत आएका थिए ।

चीनमा कम्युनिष्ट शासन सुरु हुनु अघि कुओमिन्ताङ नेसलिस्ट पार्टी र चिनिया“ कम्युनिस्ट पार्टी बीच प्रतिस्पर्धा थियो र पछि प्रतिस्पर्धामा कम्युनिष्ट पार्टीले जित्यो । प्रवासी चिनिया“हरुको भावना जित्न पनि कम्युनिष्ट पार्टीले नै सक्यो । पछि १९४९ मा जनगणतन्त्र चीनको स्थापना भएपछि चीनको दक्षिणी भूभागमा आफ्नो प्रभाव फैलाउन चीनले आफ्ना जनतालाई प्रेरित गयो जसका कारण मलेसिया, सिंगापुुर, इन्डोनेसिया लगायतका क्षेत्रमा उसले चिनिया कम्युनिष्ट नीतिको प्रभाव बढाउदै लग्यो । यो प्भाव मन नपराउनेहरुले कम्युनिष्ट विरद्ध मोर्चा नै बनाए । इन्डोनेसियाका सुहार्ताे, मलयका टुंकु यसका अगुवा थिए । कम्युनिष्ट प्रभाव घटाउन लिले खेलेको भूमिकाका कारण बेइजिङले उनलाई नवउपनिवशेवादीको ठप्पा लगाएको थियो तर जसै लिले सिंगापुरको विकास गर्दै लगे, चीनले पनि सिंगापुरलाई देशको दर्जा दिन थाल्यो । सिंगापुरका चिनियाहरुलाई पनि आफ्नै जस्तो मान्न थाल्यो ।

लि पनि चीनस“ग आफ्नो देशको सम्बन्ध गास्न चाहन्थे । त्यसैलेएक चीन नीतिमा आफ्नो प्रतिबद्धता जनाए । यो एक चीन नीति भनेको चीनको भूभागमा पर्ने ताइवान, हङकङ। मकाउ जसतो विविध शैलीका शासन संयन्त्र भए पनि तिनलाई स्वतन्त्र राष्ट्रजस्तो मान्यता नदिई चीनकै भूभाग मान्ने नीति हो । चीनले पछि आफूलाई विस्तार गर्न ‘पिङपङ डिप्लोम्यासी’ लाई ठाउ दिन थाल्यो । पिङपङ डिप्लोम्यासी अन्तर्गत दुई देशका टेबुल टेनिस खेलाडीहरु आदानप्रदान नीतिका कारण छिमेकहरुमा राम्रो सम्बन्ध बनाउने पहल सुरु भयो । तर ठूलो देशबाट निम्तो आउने बित्तिकै दौडिएर जाने लिको बानी थिएन । खासमा कम्युनिष्ट चीनको लि प्रतिको धारणा उति राम्रो थिएन

। उनलाई कम्युनिष्ट विारेधीका रुपमा चिनिन्थ्यो । यदि चीनको आधिकारिक धारणा त्यस्तो हुने हो भने चीनको भ्रमण किन गर्ने भन्ने उनको चित्री आक्रोश थियो । समयसगै उनलाई चनि भ्रमणको निम्ता आउनथाल्यो चीनको छिमेकलाई हेर्ने दृष्टिकोण परिवर्तन भइरहेको जनाउ थियो यो । तर उनी तत्कालै गएनन् । तीन तीनवटा निम्तापछि मात्र उनी चीन भ्रमणमा गए । भियतनामबाट अमेरिकी सेना फिता भएपछि सोभियत प्रभाव ह्वातै बढेकोमा चीन चिन्तित थियो । सोभियत प्रभावव घटाउन र आप्mनो प्रभाव घटाउन छिमेकहरुलाई आफुप्रति आकर्षित घटाएर सिंगापुरलाई प्रभाव क्षेत्ररहित तथा व्यापारउन्मुख बनाएकोमा चीनले उनको प्रशंसा गर्यो ।

जुन बेला लि चीनको भ्रममाण्मा थिए, माओ त्से तुङको उमेर ८२ वर्ष पुगिसकेको थियो । उनमा कुनै आकर्षण बाकी थिएन । यात्राका बेला बेइजिङ विश्वविदालयका विद्यार्थीलाई तपाई के गर्न चाहनुहुन्छ । भनी लिले सोधेका थिए । विद्यार्थीको उत्तर थियो, पार्टीले मेरो क्षमता जेमा रामै्र देख्छ, म त्यसमा आफुले सक्दो गरेर देखाउछु । यस्तो देख्दा नराम्रो दुरुपयोग भएको भएको उनी पाउथे । विश्वविद्यालय बढेको एउटा होनहार विद्यार्थीले आफुलाई मनपर्ने भन्दा पनि पार्टीले उचित ठानेको कुरा कुरिरहनुपरेको थियो । माओको युगमा विशेषज्ञ हुनुभन्दा क्रान्तिकारी हुनु ठूलो कुरा मानिन्थ्यो । देङ स्याओ पिङले पु“जीवादी बाटोको फाइदा राम्रास“ग बुझाउन थाले, त्यसले उनीमाथिको दृष्टिकोण बिस्तारै परिवर्तन हुन थाल्यो ।

सिंगापुरले ३० वर्षभन्दा मुनिका व्यक्तिलार्य चीन भ्रमणमा रोक लगाएको थियो । लिको तर्क थियो , कम उमेरका युवाहरु चीन ग एभने कम्युनिस्ट दर्शन बोकेर आउ“छन्, प्रभावमा पर्छन् । तर आप्mनो चीन भ्रमणपछि ३० वर्षभन्दा कम उमेरका युवालाइृ चीन भ्रमणको स्वीकृति दिने नीति ल्याए । उनको विश्लेषण के थियो भने सिंगापुर, हङकङ, मकाउ, ताइवानमा जुन स्वतन्त्रता छ, त्यस्तो स्वतन्त्रता मुख्यभूमिमा छैन । त्यसैले यस क्षेत्रमा बसोवास गर्नेहरुलाई मुख्यभूमिको प्रेम भए पनि उनीहरु त्यहा टिक्न सक्तैनन् ।

चिनको मुखय भूमि छाडेर हिड्ने प्रवासीहरु भुमिहीन किसान थिए । चीनमै बस्नेहरु अलिअलि द्दन हुनेहरु थिए । बुद्धिमान, शिक्षक, देश चलाउने प्रशासकहरु थिए । तिनीहरुले आफनो  देश किन बनाउन सकेनन् होला भन्ने लिलाइृ लाग्थ्यो । भुमिहीन किसानहरु परदेशमा गएर सम्पत्तिवाल बन्न सकछन् समृद्ध बन्न सकछन् भने त्यहीका जनता किन सक्तैनन् ? यह िकुरा देङस्याओ पिङलाई लिले पनि भनेका थिए । देङको उत्तर थियो । त्यसको लागी चीनमा रहेको सांस्कृतिक क्रान्तिको धङधङी सकिनुपर्छ । नभन्दै पछि देङले सांस्कृतिक क्रान्तिको धडधडी सक्न पूजीवादी क्रान्तिको अवधारण अगाडि ल्याएका थिए । देङले सोधे, सिंगापुरजस्तै बनाउन मैले के गर्नुपर्छ ? लिको उत्तर थियो तीन कुरामा ध्यान दिनुस सडक तथा रेलजस्ता कुरामा बढी नै ध्यान दिनुस् । स्तरीय सडक सञ्जाल बनाउनुस् । दोस्रो, प्रविधिमैत्री फ्याक्ट्रि बनाउनुस् । पुराना फ्याक्ट्रिमा नया प्रविधि जडान गर्नुस् । तेस्रो दक्ष जनशक्तिमा जोड दिनुस् । तिनलाई सक्षम बनाउनुस् । कामप्रति जिम्मेवार बनाउनुस् । कुरा गर्न सकनुभयो भने देश बन्न बेर लाग्दैन ।

हुन पनि चिनको भ्रमणमा उनी छक्क पर्थे, पाच हजार वषृ पुराना चिजविजहरु छरपष्ट थिए, तिनको कुनै मुल्य थिएन । उनले सरकारी अधिकारीहरुलाई भन्थे, तपाईकहा य िधेरै चिजविज पर्यटटकका लागि रुचिकर छन् कि त्यति मेरो सिंगापुरमा भएको भए संसारकै धनी राष्ट्र हुने थियो । तपाईकहा पुरातात्विक चिजविज छन्, यति सुन्दर र हेर्न लायक ठाउ“हरु छन् । तपाईहरुले सुन्दर बस्ती, पहाड र हिमाल पयृटकलाई बेच्न सकन्ुहुन्छ । तपाइले ताजा हावा, ताजा, खाद्यान्न, क्युरियो र उपहारका सामान बेचेर पैसा कमाउन सक्नहुन्छ । पर्यटनबाट मात्रै पनि धेरे कमाउन सक्नुहुन्छ ।

हुन पनि सन् ८० को मध्यसम्म चीनमा १० लाख पर्यटक आउथे । तीमध्ये ८ लाख त चिनिया मुलका पर्यटक हुन्थे भने २ लाख विदेशी उता सिंगापुरले तयो बेला नै ३० लाख पर्यटक वित्र्याइसकेको थियो । न त्यहा मानिसहरु इ९तिहास हेर्न आगथे नत कुनै गतिला पहाड हेर्न नै मात्र त्यहाको सेवाबाट मुग्ध भएर पटकपटक आउथे । त्यही स्तरको सेवा चीनमा हुने हो भने करोडौं परेटक भित्र्याउन सकिन्छ भन्ने उनलाई लाग्थ्यो । सिंगापुरेको काम गराइ अध्ययन गर्न पाए हुन्थ्यो भन्ने चिनिया आशय बुझेपछि सन् ८० को मध्यबाट होटल, सरकारीक ार्यालय तथा अन्य निजी कम्पनीहरुको काम गर्ने वातावरण आदि अध्ययनका लागि वर्षेनी सयौं चिनिया“हरु सिंगापुर जान थाले ।

यसले चीन र सिंगापुरबीचको समब्न्ध सुदृढ षे । कतिसम्म भने चीनले सिंगापुरबाट तेल किन्ने भयो । यसले सिंगापुरको आम्दानी थप्यो ।
लिको धारणा थियो चीन बन्योभ ने अन्य क्षेत्रका चिनियाप्रति हुर्ने दृष्टिकोण राम्रो हुनेछ । यसले अन्य चिनियाको पनि इज्जत बढ्दैन । त्यसैले उनी बढीभन्दा बढी चीनले उन्नति गरोस् भन्ने कामना गर्थे । यसलाई केहीले चीनमोह भनेर आलोचना प िनगर्थे ।
चिनलाई अघि बढाउन उनको पनि योगदान छ भलै यसका लागि देङ र उनको नीतिले काम गरेको होस् । देङ र उनका नजिकका साथी प्रधानमन्त्री झाओ जियाङलाई उनी बरोबर सुझाव दिइरहन्थे ।

लि भन्थे, जसरी कन्फुसियल (धार्मिक अगुवा) ले शिक्षा दिएका छन्, तिनलाई पालना मात्रै गर्ने हो भने पनि चनि अघि बढ्न बेर लाग्दैन । कन्फुसियसले पैसा बचाउने कुरामा जोड दिन्थे, मिहिनेत र बुद्धिमत्ताका लागि प्रेरित गर्थे । परिवारप्रति सजग हुन, समाजप्रति उत्तरदायित्व बोध गर्न, आफूभन्दा पहिला समाज र देशलाई हेर्ने कन्फुसियसले जोड दिन्थे । त्यसलाई फर्केर हेर्न उनले प्रेरित गरिरहेका थिए । नभन्दै ती सुझावहरु लागू भए र एक दशकमै चीनमा परिवर्तनको लहर देखा पर्न थाल्यो । चीन विस्तारै अमभेरिकाको व्यापार साझेदार हुन थाल्यो तर त्यसले एउटा समस्या निम्त्यायो, विकास राम्रोस“ग व्यवस्थापन हुन सकेन ।

विकासको व्यवस्थापन पनि एउटा कला हो भन्ने चिनिया नेताले बुझ्न सकेनन् । विकास त आयो तर त्यसले भ्रष्टाचार, नाचतावाद र महंगी पनि निम्त्यायो । त्यसकै परिणतिले तियानानमेन चोक काण्ड निम्त्यायो भन्ने लिको बुझाइ थियो । विकासको गतिलाई सुचारु गर्न भ्रष्टाचार, नातावाद र महंगीलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता लिले देखेका छन् । त्यसो त नातावाद यति कडा चिज छ, त्यसलाई चिर्न स्वयं लिले पनि सकेनन् । उनले आफ्नो देहान्तअघि नै आफ्ेना छोरालाई सिंगापुरको प्रधानमन्त्रीका रुपमा हेर्न चाहेका थिए । त्यसका लागि उनले आफ्नो ४० वर्षे सत्ता आरोहणबाट ओर्लनु पर्ने आवश्यकता बोध गर्न थालेका थिए । त्यसैले उनले सन् १९९० बाट अरुलाई नै प्रधानमन्त्रीत्व सुम्पने घोषणा १९८८ मै घोषणा गरिसकेका थिए ।

 

photo

NOC1-250x300