अमेरिकी सेनाको हवाई आक्रमणमा सिरियामा २५० जनाको मृत्यु

२४ असोज, दमास्कस : सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ ।

U.S.-led-airstrikes-on-Syrias-Raqqa-attackगत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि जनाइएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस’का अनुसार गत जुन देखि अहिले सम्म अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी एक हजार ११७ जनाको मृत्यु भएको छ  । मृत्यु भएका मध्ये २६७ जना बालबालिका र १६४ जना महिला रहेको पनि उक्त संस्थाले जनाएको सिन्ह्वाले जानकारी दिएको छ ।

बेलायतमा कार्यालय रहेको यस संस्थाले स्लामिक स्टेट (आइएस) लडाकूको नियन्त्रणमा रहेको सिरियाको रक्का सहरलाई उनीहरुबाट ८५ प्रतिशत मुक्त गरिसकेको जनाएको छ ।

ads