अमिताभले गरे सलमानको फिल्म रिजेक्ट

बलिउड सुपरस्टार सलमान खान को अपकमिंग फिल्म ‘रेस ३’ मा सुपरस्टार अमिताभ बच्चनले काम नगर्ने भएका छन् । अमिताभ बच्चन ले फिल्म मा काम नगर्नको लागी डायरेक्टर रेमो डिसूजाले दिएको डेटलाई बहाना बनाएका छन् । यस अघि फिल्ममा अमिताभले पनि काम गर्ने भनिएको थियो । तर अब उनले फिल्म खेल्न अस्विकार गरेका छन् ।

‘रेस ३’ सैफ अली खान को फिल्म रेस को तेस्रो भाग हो । फिल्म मा सलमान खान र ज्याकलिन मुख्य भूमिका मा देखिनेछन । यस फिल्ममा सलमान खानले आफनो पैसा पनि लगानि गरेका छन । भारतीय मिडियाका अनुसार अमिताभ बच्चन ले समय नमिलेका कारण ’रेस३’ मा काम गर्न अस्वीकार गरेको हुन् । बताइएअनुसार अमिताभ बच्चन आफ्नो अपकमिंग फिल्म झुंड को शूटिंग मा धेरै व्यस्त रहेका छन । जसका कारण उनले ’रेस ३’ को लागी आफु संग समय नभएको बताएका छन् ।

ads