अब विदेशबाट फर्किएको २ बर्ष नकटेका सबै युवालाई सहुलियत ऋण

 


काठमाडौं, २१ फागुन । विदेशबाट फर्किएको २ बर्ष नकटेका युवालाई सरकाले सहुलियत कर्जा दिने भएको छ । वैदेशिक रोजगारीबाट फर्कीएका व्यक्तिले १० लाख कर्जा लिन आवेदन दिने समय सकिएपछि सरकारले आवेदन नदिएकाले पनि कर्जा लिन पाउने बताएको हो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सहुलियत कर्जा सम्बन्धी कार्यविधि अनुसार वैदेशिक रोजगारीबाट २ वर्षयता फर्किएका जोसुकै व्यक्तिले पनि वाणिज्य बैंकबाट कर्जा लिन सक्ने जनाएको हो । वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका सुचना अधिकारी दिनबन्धु सुवेदीले वैदेशीक रोजगारबाट फर्केका हरेक युवालाई उद्यमी बनाउनेगरी याजना बनेको बताए ।

पुषसम्म म्याद राखिएको बोर्डमा करिब २० हजार युवाले आवेदन दिएका थिए । उनीहरुले ८० प्रतिशतको रुजु गर्ने काम सम्पन्न भएको बोर्डले जनाएको छ ।

 

photo

NOC1-250x300