अन्धोपन ल्याउने एक मुख्य कारण ट्रकोमामाथि यसरी भयो नेपाल विजयी

 

  न्युयोर्क टाइम्स

 

 

कैलालीका अन्दाजी ६५ वर्षीय शिवलाल राना करिब १५ वर्षअघि गेटा आँखा अस्पताल धाइरहन्थे। अस्पताल पुगेपछि उनको चिकित्सकसँग एक मात्र आग्रह हुन्थ्यो– डाक्टरसाब मेरो परेला उखेलेर फाल्दिनुस्। 

उनी किन भन्थे त यसो? कारण ट्रकोमा भएको रहेछ। ट्रकोमा आँखामा हुने ब्याक्टेरियाको संक्रमण हो। उनका आँखा सुन्निएका थिए र आँखाको ढकनी उल्टो परेर फर्किएका थिए। हरेक पल्ट जब उनी आँखा झिम्क्याउँथे परेलाले उनका आँखाको नानीमा यसरी घोच्थ्यो उनलाई असह्य पीडा हुन्थ्यो। 

‘त्यो घर्षणले मेरो आँखामा यति पीडा हुन्थ्यो म एकाध समय बाहेक घाममा हलो जोत्न जान सक्दिनथेँ जतिबेला पनि आँखा नै माडेर बसिरहन्थे,’ उनी पीडा सुनाउँछन्।
आँखामा त्यस्तो संक्रमण भएपछि उनले जहिल्यै आफ्नो भाग्यलाई धिक्कारेर बस्थे। के भएको होला भन्नेमा अनभिज्ञ थिए उनी। परेलाले अलिकति छुँदा कोपरेको जस्तो हुन्थ्यो। उनलाई धेरै समयसम्म त्यस्तो हुन्थ्यो भने त्यसले अन्धो पनि बनाउन सक्थ्यो। 

त्यसपछि चिकित्सकहरुले उनको आँखाको शल्यक्रिया गरे। उनका फर्किएका आँखाको ढकनीलाई सामान्य बनाइदिए अनि संक्रमण हुन नदिन एन्टिबायोटिक्स दिए। 
शिवलाल भन्छन्, ‘मेरो दृष्टिमा अहिले धेरै सुधार भइसकेको छ ,म अहिले काम गर्न सक्छु।’ बिग्रिन लागिसकेको आँखाको उपचार पाएर अहिले उनी खुसी छन्। उनले युद्धमा विजय प्राप्त गरेको जस्तो महसुस गरेका छन्।

मे महिनामा विश्व स्वास्थ्य संगठनले नेपाललाई ट्रकोमा जनस्वास्थ्यको समस्याबाट हटायो। नेपाल यस सूचीबाट हट्ने छैँठो देश हो। जुनमा घानाले ७ औँ देशको रुपमा यो समस्या अन्त्य गर्ने देश बन्यो। इबोला, एड्स, मलेरिया जस्ता डरलाग्दा रोगहरुलाई अन्त्य गर्न खोजिरहँदा ट्रकोमामाथि बीस वर्से युद्धपछि बल्ल सफलता प्राप्त हुँदैछ।

विज्ञका अनुसार ट्रकोमा उन्मुलन हुनुमा यसलाई जनस्वास्थ्यका समस्या मानी लागू गर्नु र वकालत गर्नाले सफल हुन सकेको हो न कि नयाँ भ्याक्सीन आउला अनि चमत्कारिक उपचार होला भनेर अपेक्षा गरेर।

अमेरिकन ड्रग कम्पनी, अमेरिकी संस्था, अमेरिकी करदाताहरुले यसमा ठूलो सहयोग गरेका छन्।

विश्वमै ट्रकोलाई आँखामा संक्रमण पु¥याइ अन्धोपना निम्त्याउने रोगका रुपमा लिइन्छ। मोतियाविन्दुले अन्धोपना निम्त्याउँछ तर संकम्रण गर्दैन। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ४१ देश मा १९० मिलियन मानिसमा यस रोगको जोखिम रहेको छ। 

करिब १.२ मिलियन मानिसहरु यस रोगका कारण आँखाको दृष्टि गुमाइसकेका छन् भने दुईगुणा भन्दा बढी मानिसहरु राम्ररी देख्न सक्दैनन्। ७ मिलियन मानिसहरुका आँखाका ढकनीलाई फर्काउन करिब २० मिनेटको अपेरशनको जरुरत छ। २१ मिलियन मानिसहरुमा आँखाको ढकनीमा संकम्रण छ जुन अपरेशनबिना नै उपचार गर्न मिल्ने छ।

ट्रकोमालाई विश्वबाटै उन्मुलुन गर्ने भनेर विश्वव्यापी अभियान करिब २० वर्षअघि सुरु भएको थियो। कम्बोडिया, लाओस, मेक्सिको, मोरोक्को, ओमान जस्ता देशहरुमा यो उन्मुलन भइसकेको अवस्था छ भने घाना र नेपालले भर्खरै त्यो सफलता पाएका छन्। 

चीन, गाम्बिया, इरान, इराक र म्यानमार जस्ता देशले पनि ‘ट्रकोमा उन्मुलन गरिसेकका छौं’ भनेर दाबी गर्दे आएपनि विश्व स्वास्थय संगठनको प्रमाणपत्र भने पाएका छैनन्।
धेरैजसो धनी मुलुकहरुमा यो रोग पहिल्यै उन्मुलन भइसकेको अवस्था भएपनि अझै ट्रकोमा विश्वव्यापी रुपमा नै ठूलो समस्याको रुपमा रहेको छ।

सन् १९३० तिर अमेरिकाको अप्लासिया भन्ने ठाउँमा ट्रकोमा सामान्य रुपमा देखा परेको थियो र १९७० सम्म भारतका केही भुभागमा यो देखिन थाल्यो। ट्रकोमालाई जनस्वास्थ्यका समस्याको हेरेर उन्मुलन गर्नु र त्यसमा हुने ब्याकटेरियाको संक्रमणलाई नै उन्मुलन गर्नु फरक कुरा हुन्। कुनै देशका ५ प्रतिशत बालबालिकाहरुमा यसको लक्षण हुन सक्छ भने हजार वयस्कहरुमा एकभन्दा कम मानिसमा आँखाको नानीमा दृष्टि हराइसकेको हुन्छ।

नेपालमा अझै पनि ट्रकोमाका बिरामीहरु छन् । विशेषगरी भारतबाट यो रोग लिएर आउनेहरु बढी हुन्छन्। धेरै जसो नेपालीहरु भारतमा मौसमी कामदारको रुपमा गइराख्ने हुनाले यो समस्या भित्रिराखेको हुन्छ। क्लमाइडिया ट्रयाकोमाटिस भन्ने ब्याकटेरियाले मानिसदेखि मानिसमा सार्छ । जस्तै एकअर्काको रुमालहरु प्रयोग गर्दा पनि सर्ने सम्भावना हुन्छ।
तर विकट क्षेत्रमा यो कसरी सर्छ त ? भन्दा खेरि मुख नधोएका बच्चाहरुमा बगिरहेको सिंगान अनि कचेरा त्यो झिंगा बस्छ र त्यही झिंगा मानिसको मलमूत्रमा गएर अण्डा पार्छ। यसरी संक्रमण फैलिइरहन्छ।
भर्खर बामे सर्दे गरेका बच्चामा यसले छिट्टो संकम्रण गर्छ तर आँखामा पूर्ण रुपमा क्षति भने अलि दशक पछि हुन्छ । विशेषतः ३० कटिसकेपछि ।

ट्रकोमा उन्मुलनका लागि विश्व स्वास्थ्य संगठनले ४ वटा महत्वपूर्ण रणनीतिहरु अपनाएको थियो। जस्तैः

आँखामा बढी क्षति पुगिसकेकालाई शल्यक्रिया,
संक्रमण फैलिएको क्षेत्रमा वार्षिक रुपमा एन्टिबायोटिक प्रदान गर्ने,
आमाले आफ्ना बच्चालाई समयसमयमा मुख धुन लाउने,
शौचालयमा दिसापिसाब गराउने, जसले झिंगाको वृद्धि नगराओस् 

ट्रकोमा लाई उन्मुलन गर्ने अभियानमा ब्रिटेन ,अष्टे«लिया, अमेरिका जस्तो देशहरुको सहयोग रहेको छ। इन्टरनेशनल ट्रकोमा इनिसियटिभ इन एटलान्टाका अध्यक्ष पाउल इमरशन भन्छन्, ‘अफ्रिकाका धेरै देशहरु उन्मुलन हुने बाटोमा छन् कहिँ कतै अझै छ र कहिँ कतै हटाउन निकै नै मुश्किल परेको थियो।’
सन् २००६ मा जर्ज डब्लु बुसले १५ मिलियन बजेट छुट्याएका थिए विभिन्न ट्रोपिकल रोगहरुका लागि । जसमा ट्रकोमा लाई पनि समावेश गरिएको थियो। त्यसपछि करिब ८५ मिलियन ट्रकोमाको लागि खर्च भइसकको युएसएडका प्रतिनिधि बताउँछन्। गाउँ–गाउँमा जिथ्रोम्याक्स नामक डोज बितरण गरियो। यसरी वितरण गर्दा गर्दा के निष्कर्ष निकालियो भने एन्टिबायोटिक्सले भ्याक्सीन सरह काम गर्ने रहेछ जसले २५ प्रतिशतसम्म मृत्यु हुने जोखिम घटाउने रहेछ।
आरटिआइ इन्भिजनका नेपालका सल्लाहकार धर्मपाल प्रसाद रमन भन्छन्, ‘अमेरिकी करदाताहरुले सम्झिनुपर्छ किीउनीहरुले गरेको दानले यहाँ राम्रो प्रभाव परिरहेको छ।’ 
आरटिआइ इन्भिजनले नेपालमा ट्रकोमा क्षेत्रमा काम गरिरहेको छ। उनी भन्छन्, ‘दाउरामा खाना पकाउने आमालाई आँखाको धेरै समस्याहरु भएका छन् । जसले गर्दा सँगसँगै बच्चा लाई पनि संक्रमण भइरहेको हुन्छ।’


नेपालको परिप्रेक्ष्यमा

देशमा अस्थिरता कायम रहेपनि नेपालले ट्रकोमा उन्मुलनमा अरु देशभन्दा छिटो नै सफलता पाएको छ। सन् २००२ मा अभियान सुरु हुनु भन्दा पहिला देश माओवादी जनयुद्धबाट गुज्रिएको थियो भने पछि दरबार हत्याकान्ड भयो र राजतन्त्र नै अन्त्य हुन पुग्यो। 

तर नेपाल यसैपनि दृष्टिसम्बन्धी रोगहरुबाट गुज्रिरहेको हुनाले यसको समाधान गर्नुपर्छ भन्नेमा दृढ थियो। 

सन् १९८१ को हेल्थ सर्भेले नेपालमा एक प्रतिशत जनसख्ंया दृष्टिविहिन रहेको बताएको छ। नेपालमा आँखासम्म रोगमा मोतियाविन्दु सबैभन्दा बढी देखिएको रोग हो। धेरै घाममा हुँदा र दाउरामा खाना बनाउँदा यो समस्या हुने गरिएको छ। त्यसैगरी ट्रकोमा दोस्रो नम्बरमा आउने आँखा सम्बन्धी समस्या हो। विशेषतः तराई अनि गर्मीमा यसको समस्या बढी रहेको पाइयो। जसमा धेरै जसो बच्चाहरु सक्रमणको शिकार भएका गेटा आँखा अस्पतालका आँखारोग विशेषज्ञ रमेश भट्ट बताउँछन्। 

सन् १९७८ तिर यता नेपालमा अन्धोपना हटाउने प्रयासहरु निकै भएका छन्। नेपाल नेत्र ज्योति संघले यस कार्यमा हातेमालो गरेको छ। विभिन्न आँखा विशेषज्ञहरु सहित स्थापना गरिएको यस संघको अहिले १८ वटा आँखा अस्पताल, ८० क्लिीनिक, ३ हजार स्टाफ र १० हजार जना स्वयंसेवकहरु रहेका छन्। नेपालमा आँखा सेवा पु¥याउने यसले सक्दो कोसिस गरिरहेको छ जस्तै चस्मा देखि रेटिनल सर्जरी लागि सहयोग गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बेलाबेला विभिन्न कार्यक्रम गर्ने गरेको छ। यसले गेटामा अत्याधुनिक आँखामा अस्पताल खोलेको छ । विभिन्न आधुनिक उपकरण सहित सुसज्जित यस अस्पतालका हरेक हरेक भित्ता भित्तामा सजिलोका लागि मूल्यसूचि टाँगिएका छन्। जस्तै मोतिविन्दु अपरेशनका लागि एउटा आँखाको ३२ रुपैया र त्यही दिन सेवा लिन चाहनेलाई ४१.६० रुपैयाँ। अस्पतालका निर्देशक डा.सुरेश राज पन्तका अनुसार हजारौँ बिरामीहरु भारतबाट आउने गरेका छन्। 

नेपालमा कार्यरत ५० हजार जना स्वास्थ्य स्वयंयसेविकाका सञ्जालले पनि यसमा धेरै फाइदा पुगेको छ।

खासमा सामाजिक स्वास्थ्य स्वयंसेविकाहरुलाई परिवार नियोजन सम्बन्धी कार्यक्रमहरुका लागि ल्याइएको थियो तर महिलाहरु यसरी समर्पित भए कि स्वास्थ्यका अरु विविधि विषयहरु पनि उनीहरुलाई तालिम दिन थालियो भिटामिन ए तथा पोलियो खोपको बारे,नवजात शिशुहरुलाई निमोनिया र कुपोषण छ या छैन भन्ने जाँच अनि ट्रकोमा पत्ता लगाउने जस्त तालिम पनि उनीहरुलाई दिइयो। 

‘जब स्वास्थ्य स्वयंसेविका बोल्छन् । उनीहरुसँग कुरा गर्छन्। उनीहरुका कुरा सबैले सुन्छन्, ती महिलाहरु शक्तिशाली हुन्छन्,’ आरटिआइ इन्भिजनका रमन दाबी गर्छन्। 

विश्व स्वास्थ्य संगठनका कायक्रमहरु नेपालले छिट्टै अपनायो। धेरैजसो गरिब देशमा अझै पनि परम्परागत सोचले यस्ता अभियानहरु विफल भएका छन्। जस्तै टान्जेनियामा २० प्रतिशत यस्ता बिरामीहरु आँखाको ढकनीको अपरेशनका लागि अस्वीकार गर्छन्। उनीहरुको के विश्वास छ भने यो ठिक हुन कम्तिमा पनि ६ महिना लाग्छ। तर यथार्थमा के हो भने आँखामा रहेको ब्यान्डेजलाई २४ घण्टापछि खोलिन्छ र बिरामी केही दिनमै आफ्नो काममा जान सक्छन्। 

आरटिआइ इनभिजन प्रोगामका म्यानेजर अच्युत बाबु ओझाका अनुसार नेपालीहरु औषधी खान हिच्किचाउँदैनन्। औषधीप्रति त्यस्तो नकरात्मक धारणा छैन नेपालीहरुमा। ट्रकोमाको संक्रमण हटाउनका निम्ति प्रयोग हुने एन्टिबायोटिक्स जिथ्रोम्याक्सले छाला,घाँटी अनि कानको संकम्रणबाट बचाउँछ। 

शिवलालको घरभन्दा केही माइल परकी ६३ वर्षीया बिलान्दो रानाको पनि यही समस्या देखिएको थियो। उनले एक आँखा शिविरमा उपचार गराएका थिइन् ट्रकोमाको। 
‘करिब ३ महिना मैले घाँसदाउरा गर्न सकिनँ । खेतमा काम गर्न जान पनि सकिनँ । बच्चाहरुको लागि खाना पनि पकाउन सकिनँ, त्यो दुःखाइले गर्दा। यो आफैँ सञ्चो हुँदैन होला भन्ने मलाई मनमा लागिरहन्थ्यो,’ उनी भन्छिन्।

रमन भन्छन् ‘परम्परागत सोचसित लड्नु भन्दा पनि ट्रकोमा लक्षण थाहा पाउनका निम्ति विविध कायक्रम गर्ने र उनीहरुलाई क्याम्प र क्लिनिकमा रिफर गर्ने गरेका छौँ।’
रमन आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘वीस वर्षअघि मैले एक च्यारिटीका लागि काम गरेको थिएँ जसले बाढी पिडितका लागि शौचालय सहित ५० वटा घर बनाएको थियो। प्छि के सुन्नमा आयो भने केही वर्षपछि ४७ वटा शौचलाय त त बाख्रा गोठ र दाउरा राख्ने घरमा परिणत भइसकेको थिए।’

राना भन्छिन्, ‘सरकारी अधिकारीहरुले बनाउन हौस्याएपछि हामीले ८ वर्षअघि शौचालय निर्माण गर्‍यौँ । रमनका अनुसार अभियानले स्कुले बच्चाहरुलाई पनि प्राथमिकतामा राखेको छ ।
किनकी बच्चाहरु एक आपसमा कुरा गर्दा ‘मेरो घरमा शौचालय छ तिम्रोमा मा छैन’ भन्दा लाजले पनि आफ्ना अभिभवाकहरुलाई शौचालय निर्माणको लागि हौस्याउँछन्। शौचालयमा दिसापिसाब नगर्दा धेरै संक्रमण हुने हुनाले पनि यसलाई समावेश गरिएको हो। 
राना भन्छिन्, ‘राति शौच गर्न खेतमा जान लागेको बानी शौचालय प्रयोग गर्दा अलि झिँजो नलागेको होइन तर सजिलो भने हुने रहेछ। यसै पनि खेत टाढा छ । त्यसमाथि बुढी पनि हुन लागिसकेँ।’

( न्युयोर्क टाइम्सका लागि डोनाल्ड जी म्याकनेल जुनियरले तयार पारेको फिचरलार्इ बुनु थारुले अनुवाद गरेकी हुन्। तस्विरहरु: न्युयोर्क टाइम्स)

 

photo

NOC1-250x300