अचानक हुरीबतासका कारण सातवटा पाराग्लाईडर फेवातालमा खसे

३० असोज,काठमाडौं : पोखरामा सराङकोटबाट उडेका सातवटा पाराग्लाईडर फेवातालमा खसेका छन् ।

paragliding-nepal-02

अचानक चलेको हावाहुरीका कारण पाराग्लाईडिङ्ग गरिरहेकाहरु फेवातालमा खसेका प्रहरी निरीक्षक वसन्त कुमार शर्माले बताएका छन् । पोखरामा अहिले अहिले हावाहुरीसँगै पानी समेत परेकाले उद्धार कार्यमा कठिनाई भईरहेको प्रहरीले जनाएको छ ।

यद्धपी दुईवटा पाराग्लाईडिङ्गमा रहेका ४ जना विदेशी पर्यटकको भने उद्धार गरिएको छ र ५ वटा पाराग्लाईडिङ्गमा रहेकाहरुको उद्धार गर्ने क्रम चलिरहेको छ ।

ads